• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / व्यक्तित्व

काकाले छाडेको क्यामराले बदलिएको विकासको बाटो


सुभाय् संवाददाताOctober 18, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १९१ मिनेट
 
 
सिर्जना दुवाल श्रेष्ठ
 
 
इन्द्रचोक नजिकै वटु टोल छ। राणाकालमा त्यहाँ रौनियारहरू बस्थे। उनीहरूको मुख्य काम कलकत्ताबाट कपडा ल्याउने र बेच्ने थियो। चर्चित फोटोपत्रकार विकास रौनियारका पुर्खाहरू पनि तिनै थिए। उनको हजुरबुवा हुँदै बुवाको पालासम्म पनि यही काम निरन्तर चल्यो। तर विकासले क्यामेरा समाते, यसको कुरा अलि पछि गरौंला।
त्यहाँ विकासका पुर्खाहरूको कपडाको पसल हुन्थ्यो, जसलाई गद्दी भनिन्थ्यो। पसलभरि थानका थान कपडाहरू। ९० सालको भुकम्पमा उनीहरुको वटुको घर भत्कियो। मखनटोलमा नयाँ घर बन्यो। त्यहीँ जन्मिए विकास ।
मखन, इन्द्रचोक, जनबहालमा टपरीमा खाने ममको स्वाद लिएको विकासलाई हिजो जस्तो लाग्छ । त्यतिबेला मम एक प्लेटको एक रुपैयाँ पर्थ्यो। हजुरबुवाका मिल्ने साथी विएल शर्माको अमृत भण्डार पनि उनलाई अझै याद छ।
 

परिवारका साथ विकास

इन्द्रचोकमा विकासका परिवारले ‘कोन्टी होटल’ खोलेपछि उनीहरू ठमेलमा डेरामा बस्न थाले। विकास लाब्रोटरी स्कुलमा कक्षा दुईमा पढ्थे त्यतिबेला। ५ कक्षा पुग्दा उनका बुवाले सोल्टि होटलको गेटसँगैको जग्गा किनेर घर बनाए।
विकासलाई भने ठमेल, कालिमाटीमा बसाइँ सरे पनि इन्द्रचोक, मखनको मोहले छोडेन। स्कुलका विदामा अनी बिहान, बेलुका उनी मखनमै हुन्थे। त्यहाँको चहलपहल, बजार र मठ मन्दिर, जात्रा, पर्वले विकासलाई मोहनी लगाएको थियो।
मखनमा आफन्त र साथीहरू पनि धेरै थिए। त्यहाँ गुच्चा र घ्वाइँ खेल्न पुगिहाल्थे। दशैंका विदामा मखनमा चङ्गा उडाउन पनि पुग्थे। खान र सुत्न मात्रै घर पुग्थे।
 
चलचित्रका सौखिन
 
उनी सानैदेखि चलचित्र हेर्ने रुचाउने। रञ्जना हलमा गार्डदेखि काउन्टरका सबैले चिन्ने। नयाँ फिल्म ‘फर्स्ट डे, फर्स्ट शो’मा हेर्नुपर्ने। फिल्म हेर्ने उनका पार्टनर थिए- साथी दर्शन रौनियार। दुवै जना चलचित्रका पारखी।
राम्रो चलचित्रको आफूलाई मन परेको सिन हेर्न मात्रै उनीहरू ६/७ पटक हल पुग्थे। गार्डलाई एक रुपैयाँ तिरेर क्लाइमेक्स हेर्ने पुग्ने गरेको उनलाई अझै याद छ।
शत्रुघ्न सिन्हा उनलाई मनपर्ने नायक। उनले अभिनय गरेको ‘हिरामोती’ चलचित्र विकासले ६/७ पटकै हेरे। त्यस्तै अमिताभ बच्चनको ‘जमिर’ चलचित्र पनि उनले धेरै पटक हेरे। त्यसको प्रभावमा उनका साथीले त नायककै जस्तै त्रिशुलको ट्याटु नै बनाएका थिए।
यता घरमा होटल खुलेपछि उनलाई हजुरबुवाले दशैंको समयमा पूजाका लागि चाहिने कपडाहरू नाङलो थापेर बेच्न लगाउँथे। त्यहाँबाट आएको पैसा नै विकासको दशैं खर्च हुन्थ्यो।
उनका बुवाले भोटाहिटीमा सुलभ स्टोर पनि खोलेका थिए। मीन पचासको विदाभरि विकास बुवाको पसलमा बसेर कपडा काट्ने, बेच्ने काम गर्थे। व्यवसायिक परिवारमा जन्मेका विकासका परिवार उनलाई पुर्खाकै व्यवसायलाई निरन्तरता दिएको हेर्न चाहन्थे। तर परिवारले चाहेर मात्र सबै कहाँ हुन्छ र !
 
यसरी सिके फोटो खिच्न
कक्षा सातदेखि विकास सेन्ट जेभियर्स स्कुल पढ्न थाले। उनी अतिरिक्त क्रियाकलापमा पनि सक्रिय थिए। कक्षा ९ मा पुग्दा स्कुलमा फोटोग्राफी क्लब खुल्यो। विकास पनि सदस्य भए।
त्यही क्लबले उनको मनमा फोटोग्राफीको रुचि जगायो। फोटो खिच्नुअघि नै उनले फोटो धुलाउन सिकेका थिए। उनी फोटो प्रदर्शनी र लाइब्रेरीमा भएका कलेक्सनहरू पनि नछुटाइ हेर्थे।
 
विकासका काका पढ्न जर्मनी गएका थिए। त्यहाँबाट फर्किँदा दशैंको बेला उनले एउटा क्यामेरा लिएर आएछन्। जर्मनी फर्किँदा उनले क्यामेरा घरमै छोडेर गए। त्यही क्यामेरा विकासको हातमा पुग्यो। गजव भइहाल्यो। त्यही क्यामेराले उनको मनमा गढेको फोटोग्राफीले आकार लिन थाल्यो।
एसएलसीपछि त विकासको साथी नै क्यामेरा भयो। काठमाडौंमा हुने जात्रा, पर्वमा फोटो खिच्न थाले। फुर्सद भयो कि रिल किनेर फोटो खिच्न हिँडीहाल्ने। उनको रुचि र लगाव बढ्दै गयो फोटोग्राफीमा। तर त्यही क्यामरा नै जीवन होला भनेर चैँ सोचिसकेका थिएनन्।
फोटो कन्सर्नबाट पाए टिप्स
विकास फोटो धुलाउन फोटो कन्सर्न जान्थे। त्यहाँका सिनियर फोटोग्राफर मोहम्मद खान, भीम राना मगर र अर्जुन थापाबाट उनले फोटोग्राफीका टिप्सहरू पाउन थाले। उनी ब्रिटिस काउन्सिल र अमेरिकन लाइबेरीमा गएर फोटोग्राफी सम्बन्धी पुस्तकहरू पढ्थे।
यहीबीच फोटोग्राफर वसन्त थापा र मणि लामाले न्यूरोडमा रहेको पारस होटलमा फोटो प्रदर्शन गर्ने ग्यालरी खोलेका थिए। विकास पनि त्यो होटल पुग्थे, फोटो प्रर्दशनी नियाल्थे।
एक पटक वसन्त र मणिले फोटो प्रतियोगिता आयोजना गरेका थिए। त्यो प्रतियोगितामा विकासको फोटोले सान्त्वना पुरस्कार पायो। उनी हौसिँदै गए।
 
वकिल बन्ने चाहना
विकासलाई वकिल बन्ने चाहना थियो। कालो कोट लगाएर उनी न्यायका लागि लड्न चाहन्थे। उनी त्यसैले ‘ल क्याम्पस’ भर्ना भए। कानून पढे तर उनी फोटोग्राफीबाट भने कहिल्यै टाढा गएनन्।
 
यता सेन्ट जेभियर्स स्कुलका भुपू विद्यार्थीहरूको ‘जीए क्लब’का गतिविधी सबै खिच्ने जिम्मा विकासकै हुन्थ्यो।
 
क्लबकै कार्यक्रममार्फत उनी अमेरिका पनि गए। तीन महिना समर क्याम्प र तीन महिना डेनमार्कको साथीसँग अमेरिका घुमेर उनी फर्किए। अहिले जस्तो डिजिटल क्यामेरा थिएन त्यो बेला, रिल किन्नु पर्ने हुँदा उनले त्यहाँ ६ महिनामा २५ वटा रिलमा अट्ने मात्रै फोटोहरू खिचे।
 
अनी आयो टर्निङ प्वाइन्ट
नेपाल फर्केपछि विकासको जीवनमा टर्निङ प्वाइन्ट आयो। हिमाल पत्रिका ३/३ महिनामा प्रकाशन हुन थालेको थियो। त्यति बेला हिमाल अंग्रेजीमा भाषामा आउँथ्यो। त्यसमा हिमाली भेगका विषयहरू हुन्थे। त्यस पत्रिकाको लागि रूपा जोशीबाट चुरोट र स्वास्थको लेखको लागि विकाससँग फोटो मगाइयो।
 
१९८७ मा साथीहरूसँग मिलेर उनले स्पार्क पत्रिका सुरु गरे। विकास त्यहाँ कानूनी सल्लाहकार र फोटोग्राफरका रूपमा काम गर्थे। दुई वटा पत्रिकामा उनका फोटो आउँथे। त्यही क्रममा वसन्त चौधरीले सन् १९८९ तिर ‘इन्डिपेन्डेन्स विक्ली’ पत्रिका निकालेका थिए।
 
त्यसमा गोपाल चित्रकारले फोटो खिच्थे। चित्रकार गोरखापत्रमा जागिरे थिए। त्यसैले उनले नभ्याउँदा फोटो खिच्ने जिम्मा रौनियारले पाउँथे। एउटा फोटोको ५० रुपैयाँले महिनामा हजार देखि दुई हजारसम्म पाइहाल्रथे उनले।
 
१९९२ मा कान्तिपुरको सुरुआत हुने बेला कान्तिपुर र काठमाडौं पोस्टका पहिलो सम्पादक योगेश उपाध्यायले रौनियारलाई फोटोग्राफरको रूपमा काम गर्न अफर गरे। उपाध्याय र विकासका साइँलो काका साथीसाथी थिए। विकासले त्यसपछि २३ वर्ष फोटोग्राफरका रूपमा काम गरेर सन् २०१३ मा कान्तिपुर छोडे।
 
पुर्ख्यौली व्यवसायलाई निरन्तरता दिने सोचले विकासले पत्रकारिता छोडेका थिए। केही समय उनले श्रीमती सम्झना रौनियारले निर्माण गरेको ‘मेघा’ चलचित्रमा पनि समय दिए। हाल सम्झना चलचित्र क्षेत्रमा निर्देशकका रूपमा काम गरिरहेकी छिन् भने विकास पुर्ख्यौली व्यवसायतिरै लम्केका छन्।
 
कस्तो थियो हिजो, कस्तो छ आज?
विकासको अनुभवमा हजुरबुवा र बुवाको पालामा काम गर्ने कर्मचारीहरू पारिवारका सदस्य जस्तै हुन्थे। पसल, घरका हिसाब किताबहरू आफै राख्थे। विकास त कर्मचारीलाई काका भनेर सम्बोधन गर्थे।
 
तर अहिले विश्वास र भर कम हुँदै गएको छ। विकासको पालामा आइपुग्दा सबै प्रोफेसनल छन्।
 
अन्त्यमा,
विकासले आफूले खिचेका फोटोहरू संरक्षण गर्न भनेर नयनतारा गुरुङले खोलेको फोटो सर्कल संस्थाको नेपाल पिक्चर लाइबेरीमा डिजिटलाइज गरेर आर्काइभ पनि गरेका छन्।
 
उनले सन् २०१६ मा प्रिन्स ह्यारी नेपाल आउँदा ब्रिटिस एम्बेसीमार्फत फोटोको काम गरेका थिए। त्यसयता उनले व्यावसायिक फोटोहरू खिचेका छैनन्।                        (साभार: उकेरा डट कम )
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑