हवाई यात्रा सुरक्षित एवं भरपर्दो हुन्छ किन भने हवाईजहाजमा अति सुरक्षित प्रविधि , बिशेष तालिम प्राप्त गरी नियमन निकाय बात दक्षता र सीपको परीक्षण बात योग्य भएका पाइलट तथा इंजीनियर, हरेक तहमा सुरक्षा प्रत्यभूति हुने जाँचकि आदि पछि हवाईजहाजको उड़ान हुन्छ ।
जहाजको सम्बेदनशील प्रणालीहरू सुरक्षित बनाउन दोहोरो प्रणालि प्रयोग भएका हुन्छन । अर्थात एक प्रणाली ले काम नगर्दा अर्को प्रणालीले आवश्यक कार्य गरनेछ ।
आजको मिडिया को गरम खबर landing gear को समस्याले ज्यान नै जाने खालको जोखिमका कुरा हरू आए ।
यात्रु हरू ले आफ्नो ज्यान बच्छन भनेर अलिकति पनि आस गर्न सकेन ।
आजको घटनाको बिस्तृत विवरण त प्रकाशित भएको छैन तथापि यात्रु हरुलाई सुरक्षित महसूस गराउन केहि कुरा share गर्न चाहें ।
यस ATR जहाजमा पनि जहाज landing गर्नु पुर्व Landing Gear (पांग्रा भएको खुट्टा) को तीन अवस्था जनाउने indicator हुन्छ ।
1 . पहिलो landing gear जहाज उडीरहने बेलाको अवस्था हामी Up and locked भंछौं ।यति बेला indicator मा तीन बत्ति मध्य कुनै बत्ति बल्दैन ।
2. दोश्रो landing gear जहाज अवतरणको लागि Landing gear up locked अवस्था बात झरेको अवस्था हामी Landing gear transition भंछौं । यहां landing gear free भएर locked हुन गई रहेको अवस्था । यस अवस्था मा तीन वटा बत्ति रातो UN locked भनेर बल्छ ।
3. तेस्रो तल आइसकेपछि आफ्नो सुरक्षित स्थान मा locked हुने अवस्था हामी down and locked भंछौं । यति बेला तीन वटा हरियो बत्ति (triangle) बल्छ । अर्थात अवतरणको लागि सुरक्षित भयो ।
यसरी रातो बत्ति ” Unlocked “निभेपछि landing gear जहाज landing को लागि लगभग सुरक्षित हुन्छ ।
तथापि अझ सुरक्षित र पक्का गर्ने काम हरियो बत्ति बले पछि हुन्छ त्यति बेला landing Normal प्रक्रिया मा गर्न सकिन्छ ।
यदि यो बत्ति (indicator) बल्ने प्रणाली बिगरियो भने के हुन्छ ?
यस जहाजमा यस प्रकारको समस्यालाई पनि परिकल्पना गरी, आखिर जहाज हो समस्या आउन सक्छ , सो बत्ति indicator पनि दोहोरो प्रणाली राखिएको छ । यदि एक प्रणाली ले काम गरेन भने अर्को indicaing प्रणालीले काम गरेको हुन्छ । यस ATR जहाजमा पनि छ ।
तसर्थ उल्लेख गरिएको जस्तोअवस्था त्रासदी पूर्ण हुँदैन ।
त्यसैले एक प्रणालीले काम नागरेको अवस्था मा यसरी यात्रु हरू ले भयानक समस्या भनि हवाईजहाज को यात्रा मा यति धेरै त्रसित हुनु पर्दैन ।
” सर्वे भवन्तु सुखिन: ” आज भएको घट्ना
#buddhaair #emergencylanding
Buddha Air Emergency Landing | Buddha Air Emergency Landing Today | Buddha Air Force Landing
क्याप्टेन आङ्गेलो शेर्पा जसले आज ७३ जना यात्रुको ज्यान बचाए । बुद्ध एयर विमानको ल्यान्डिङ गेयरमा समस्या आएपछि विमान विराटनगर विमानस्थलबाट त्रिभुवन विमानस्थल आएको थियो । उनले करिब ३० मिनेट काठमाडौंको आकाशमा होल्ड हुँदा १० फन्को लगाएर विमानको सफल अवतरण गराएका हुन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५