• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

मृत्यु संस्कारपछि पुन: नागरिकता


सुभाय् संवाददाताAugust 15, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २२ मिनेट
बेलबारी(मोरङ), साउन ३० गते । साउदी अरबमा कामको सिलसिलामा दुर्घटनामा परी गम्भीर घाइते भएका मोरङको बेलबारी–११ लक्ष्मीमार्गका सुभाष तामाङले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । नागरिकता प्राप्त गरेसँगै उहाँसँग रहेको मृत्यु दर्ता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय मोरङले रद्द गरेको छ ।
तामाङले वि.सं. २०७२ को असार २४ गते साउदी अरवमा दुर्घटनामा पर्नुभयो । कम्पनीबाट आफूले प्राप्त गर्ने तलब लिन बैंक जाने क्रममा उहाँसँगै अरु चार जना नेपाली पनि दुर्घटनामा पर्नु भएको थियो । चार मध्ये तीन जना नेपालीको घटनास्थल मै मृत्यु भयो । कम्पनीले बाँचेका एक जनाको सघन उपचार कक्षमा राखेर छ महिना उपचार गर्‍यो । साउदी अरबको हुण्डाई कम्पनीले शव क्षत विक्षत भएकाले त्यहाँको अस्पताललाई गलत सूचना दियो । मृतकको पहिचान नगरेर अस्पतालले शव कम्पनीलाई बुझायो । सोही अनुसार सुभाष तामाङको मृत्यु भएको भन्दै कम्पनीले लाश बुझेर नेपाल पठाउने प्रक्रिया सुरु ग¥यो । कम्पनीले सुभाषको परिवारलाई मृत्युको खबर ग¥यो । आफन्तले सभाषको मृत्यु दर्ता गरेर दुतावास मार्फत शव नेपाल ल्याउने प्रक्रिया सुरु गरे । प्रक्रिया पुरा भएपछि सुभाष तामाङको शव नेपाल ल्याइयो र बौद्ध परम्परा अनुसार मोरङको बेलबारी–११ मा अन्त्येष्ठि गरियो । शव चिन्नै नसकिने गरी क्षत विक्षत भएकाले आफ्ना पति हुन् वा होइनन्, उहाँकी पत्नी सन्तोषी तामाङले मात्र होइन्, आफन्तले पनि ठम्याउन सकेनन् । सन्तोषी तामाङले भन्नुभयो – ‘पहिचान गर्न सकिने अवस्थामा शव थिएन, अझ शोकमाथि पीडा पनि थियो । कसरी चिन्नु र ?’
अस्पतालमा उपचाररत व्यक्तिको ७५ दिनपछि होस खुल्यो । होस खुलेको बिरामीले आफू सुभाष तामाङ भएको बताएपछि मात्र कपिलवस्तुका टेकेन्द्र भण्डारीको शव मोरङको बेलबारी–११ की सन्तोषी तामाङले आफ्नो पति मानेर अन्त्येष्टि गरेको खुल्यो ।
उता, कपिलवस्तुका टेकेन्द्र भट्टराईका परिवारले अन्त्येष्टि गरेको स्थानको माटो लगेर अन्तिम कार्य गरे । यता, सुभाष तामाङ परिवारमा भने खुसी छायो । यद्यपि, उहाँको जन्मस्थान भोजपुरको कुदाकाउलेमा सुभाषलाई पुनः जन्माएर पुर्नजन्मको विधी गराइयो ।
अहिले सुभाषको शरीर भरि चौटै चोट छ । दुई घण्टा अघि देखेको व्यक्तिलाई २ घण्टा पछि चिन्न सक्नुहुन्न उहाँ । बेलबारी –११ को लक्ष्मीमार्गमा सानो चिया पसल गरेर दुई छाकको जोहो गरिरहनु भएका तामाङका १४ वर्षीय छोरा र १२ वर्षीया छोरी छन् । छोरा छोरीलाई राम्रोसँग पढाउने र सुखी बनाउने सपना बोकेर बैदेशिक रोजगारमा हानिनुभएका तामाङको सपना पानीको फाका झैं फुटेको थियो ।
सरकारी अभिलेखमा मृतकको विवरण रहेका सुभाष हातमा मृत्यु दर्ताको प्रमाणपत्र बोकेर पुनः नागरिकता दिलाई पाउँ भन्दै ४ वर्ष यता लगातार सरकारी अण्डा धाइरहनु भएको थियो । गोरखापत्र दैनिकले समेत गत फागुन ८ गते प्राथमिकता साथ सुभाषले नागरिकता नपाएको समाचार छापेको थियो । तामाङलाई बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले नागरिकता प्रदान गर्नुभयो ।
तीनै तहका सरकारले बैदेशिक रोजगारबाट फर्किएका युवालाई उद्यमका लागि सहुलियत प्रदान गरेका छन् । तालिम र ऋणको व्यवस्था गरेका छन् । अपाङ्ग बनेर फर्किनु भएका तामाङ सीपयुक्त तालिम र सहुलियत प्राप्त कर्जा लिएर उद्यम गर्न थाल्ने बताउनु हुन्छ ।
– हरिप्रसाद कोइराला , courtesy- gorkhapatraonline
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑