टोरन्टोको कठ्यांग्रिंदाे स्नो फलमा आगलागी – यात्रा संस्मरण
लेफ्ट.कर्नेल सानुराजा बज्राचार्य
अग्नि सूचक घन्टीबज्दा माइनस १२ डिग्री सेन्टिग्रेडको हिमपातमा हामी कथ्याँग्रियौं !
१८ नोवेम्बेर १९८९ को मध्यान्ह टोरोन्टो अन्तर्राष्ट्रिय बिमान स्थलमा पुगिसकेका थियौं l यो मेरो जीवनकै सबैभन्दा पहिलो समुद्रपार लामो यात्रा थियो l त्यसमापनि हामि Atlantic पार गरी होइनकी Pacific पार गरेर गएका थियौं l किन भने त्यति बेला Thai Air को राम्रो travel agent मध्य एक Travel company ले हामीलाई Thai Air द्वारा प्रदान गरिएको Singapore को उत्कृष्ट होटलमा दुइरातको free stopover उपलब्ध गराएको थियो र Travel fare पनि Atlantic route भन्दा खास महँगो नहुने Ticket उपलब्ध गराएको थियो l
टोरोन्टो सहर क्यानाडाको ओन्तारियो राज्यको राजधानी सहर हो l क्यानाडा र संयुक्त राज्य अमेरिकाको सीमामा पर्ने उत्तर अमेरिकाकै चौथो ठुलो ताल ओन्टारियो को किनारामा अवस्थित छ l यो सहरको मुख्यभाग बाट विश्व प्रशिद्ध झरना Niagara falls करिव ६०कि मी सिधा रेखामा टाढा पर्छ l Niagara falls विश्वको आश्चर्यजनक झरना हरु मध्ये एक हो l Niagara को दाँया बाँया क्यानाडाको एक महत्वपूर्ण सहर टोरोन्टो पर्छ भने अर्को तिर संयुक्त राज्य अमेरिकाको महत्वपूर्ण सहर न्युयोर्क पर्दछ l त्यस बेलाको बिस्वको सबभन्दा अग्लो Tower – CN Tower (553 Meter) पनि यहि टोरोन्टो सहरमा नै अवस्थित छ l
Twinotter हवाईजहाजको सम्भार तालिमको लागि नेपाली सेनाको प्राबिधिक टोलीमा म पनि छनौट भएको थियो र हामी Flight Safety International नामको Training school मा २ हप्ताको तालिमकालागि टोरोन्टो पुगेका थियौं l २० नोवेम्बेर , सोमबार देखि कक्षा संचालन हुने र हाम्रो बसोबासको व्यवस्था York dale नजिक तिर Hotel Crowne Plaza मा गरेको थियो जुन एरपोर्ट बाट पनि नजिकै थियो ।प्रथम पटक अमेरिकी महादेशका ठुला होटेलमा बसेको । धेरै खुल्दुली । त्यसैले आफ्नो कोठामा आएपछि त्यहाँ भएको सबै साधन , सबै पढ्ने पत्रिका देखि होटेल को आपतकालीन द्वार र आपतकालीन निर्देशन , आपतकालीन ढोका , अग्नि सूचक घन्टी आदि सबै पढियो l सबै चित्त बुझ्यो l होटेलको लिफ्ट चढेर कोठातिर आउँदा दाहिने तिर एउटा ठुलो electric घन्टी थियो त्यसको माथि लेखेको थियो FIRE ALARM . दिनहु देखिन्थ्यो ।
सहरको तापक्रम निकै कम भैसकेको थियो । मैले snow fall सबभन्दा पहिले देखेको, छोएको, प्रत्यक्ष महसुस गरेको थिएँ l साधारण तया यो महिना मा यहॉंको तापक्रम माइनस १.८ डिग्री सेल्सियसदेखि माइनस २ डिग्री सेलियससम्म हुँदो रहेछ l तर संयोग यो १९८९ मा यहाँ तापक्रम – माइनस १२.४ डिग्री सेलियसको रेकर्ड भएको रहेछ l तर यहि नोवेम्बेर को २२ तारिकको दिन माइनस १३ डिग्रीको नयाँ रेकर्ड भएको थियो l अति चिसो नौलो मौसम महसुस गरें l चिसोले गर्दा स्थानीयवासी बाहिर खुल्ला हिड्दुल गर्दारहेनछन् l सडकहरु खालि हुइकंदै गएका गाडीहरु मात्रै देखिन्थ्यो l होटेलबाट केहि परका चौडा सडक हामीलाई highway जस्तो लाग्दथ्यो l त्यसको पारि Shoping थियो l मानिसहरु गाडीबाट त्यहाँ पुगेको देखिन्छ l हामि हिंडेर त्यहाँ पुगें l सडक भन्दा तल अन्डर ग्रौंडमा पुगियो l भित्र भित्रै ठुलो बजार त्यतिबेला हाम्रो कल्पनाभन्दा धेरै उत्कृस्ट बजार l हाम्रोमा बल्ल त्यस्ता बजार मलको नामले सुरुवात भैरहेको समय l सपिङ कम्प्लेक्सभित्र पुरा वातानुकुल त्यसैले मानिसहरु पश्चिमेली पहिरनमा देखिन्थे , बाक्ला लुगा लगाउन नपर्ने रहेछ l
दैनिकीको कुरा गर्दा बिहान multy star, International chain होटेलमा ब्रेकफास्ट गरी फ्लाईट सेफ्टी स्कुल गइन्थ्यो l लन्च उतै गरिने अपरान्हतिर फ़र्किन्थ्यौं l फर्किंदा बजारतिर छिर्यो हल्का किनमेल l अनि म ६ / ६ वटाको ( ३५० मिलि) क्यान बियर दुइ प्याकेट पनि बोक्दै होटेल छिर्थ्यौं l
हामी बिदेशी भएकोले सहरमा घुमफिर गर्न दिनको लागि होला कुनै कुनै दिन लन्च अगाडि नै छुट्टी हुन्थ्यो l त्यस्तै एक दिन चाँडै छुट्टी भएको दिन संधै आउने शपिङ कम्प्लेक्स क्षेत्रमा लन्च गर्न आयौं l एउटा राम्रो रेस्टुरेन्ट । जता हेरेपनि चिटिक्क परेको राम्रो नै देखिन्थ्यो । यहाँ हामी बेलुकाको लागि डिनर प्याक (Take away) किन्न आउँथ्यौं । यहीं लन्चको लागि गयौं l एउटा टेबुलमा हामी तीन जना बस्यौं l तीनमध्ये अरु दुईजना खाना खानु अगाडी खानाको Ingredient पुरा थाहापाएर मात्र अर्डर गर्थ्यो किन भने गाई, गोरुको मासुको परिकार पर्ला भन्ने बडो पीर हुन्थ्यो आफु पर्यो मांसाहारी तर केको मासु हुन्छ हुन्न भनि सोच्नु नपर्ने खालको l बस्ने बितिक्कै मेनु हेरेर अर्डर गरेपछि एक जना उहाँ मेरो सिनिअर अफिसर हुनुहुन्छ , उहाँले तातो पानि माग्नु भयो जबकी हाम्रो टेबुलको ग्लासमा पानि भरिसकेको थियो l महिला वेटरले जब तातो पानि मागेको सुन्यो उनीले दोहर्याएर सोधिन … “के यहाँले तातो पानि माग्नु भएको हो ? ”
मेरो सिनिअरले “हो” भने l
त्यस पछी त्यो महिला वेटरले पानी लिन जानुको सत्ता उहाँ नजिक आइन र एकदम care गरेर सोधिन ….. “ Sir , are you all right ? Do you need any medical assistance?”
सायद हामी बिदेशी भनी प्रस्ट चिनिन्थ्यो हाम्रो हावभाव , भेषभुषा त्यसबेला त्यहाँ फरक नै देखिन्थ्यो l त्यहाँका मानिस सामान्य तापक्रममा लगाउने लुगा लगाएको थियो भने हामी अलि बाक्लो स्विटर माथि पनि कोट l
waitress ले सोधिन “ where are you from?”
उनीलाई मेरो सिनिअरले “म ठिक छुं. मेडिकल सहयोग चाहिंदैन” भने l
महिला वेटरले फेरि सोधिन “Are you sure?”
मेरो सिनिअर “ पक्का मलाई केहि भाको छैन
“बाहिरको माइनस१० डिग्री c, चिसो सिरेटो खाएकोले उहाँले तातोपानी माग्नु भएको रहेछ ।
महिला वेटरले फेरि भनिन् “ यहाँ मानिसहरु चिसो पिउँछन्, सन्चो नभएकोले चाहिं तातो पानि माग्छन, त्यसैले तपाईं सन्चो छैन कि भनेर सोधेको ! “
अचम्म, कस्तो राम्रो मानवीय भावना, कस्तो संस्कार !
दैनिकी चलिरह्यो । सहरको बाह्य तापक्रम लगातार माइनस १२/१३ भै रहेको छ । snow fall पनि दिनदिनै भइरह्यो । त्यसैले पहिलो दिनमा जस्तो snow fall मा आकर्षण रहेन l होटेल भित्र बस्दा यति चिसो सहर भन्ने अनुभव नै भएन l पूर्ण बातानुकुल तापक्रम l त्यसैले हामी कोठामा बस्दा पातलो कुर्ता र सुरवाल लगाउँथ्यौं l नेपालीको बानी अमेरिका पुगेर पनि हामीसँग झोलामा चिउरा थियो l दालमोठ पनि । तर रक्सि चाहिं चाहिने कहिले Red Label कहिले Teachers कहिले Hundred Piper ।
म एक पेग whisky खाएपनि beer चाहिं खाइरहने । सांचै पानीभन्दा पनि बढी बियर नै पिउने l त्यसैले हरेक दिन ३५० मिलि को १२ वटा can beer बोकेर आउने । त्यो दिन नाना थरिका कुराहरु गर्दै पिईरहेका थियौं l अचानक ठुलो घन्टीको स्वर सुनियो l हामि सबैको कान ठाडो भयो l घन्टी बजेको एकछिन भयो बज्याबज्यै छ l म जुरुक्क उठें कोठाको ढोका खोलें र संधैं देखिने fire alarm तिर गएँ … हेरेको त त्यहि घन्टी जोडतोडले बजिरहेछ… ल खत्तम…. होटेलमा आगलागि l हंसले ठाउँ छोड्यो कुडेर कोठामा आएँ साथिहरुलाइ पनि पनि भने …
“fire sir fire ….. Get out of here….. Collect passport and travel cheque “…
जति सक्यो त्यति छिटो passport र travel चेक बोकी लिफ्ट तिर कुदे l आफ्नो लगेज कोठामै छोडें l ओह… लिफ्ट त आगलागी बेला नचल्ने रहेछ l फेरी emergency exit लेखेको हेर्दै कुडें l fire Stair तिर होटेलमा बस्ने हरु माथिका तल्ला बाट मानिसहरु हस्यंग फस्यांग गर्दै ग्वारग्वार्ती ओर्ली रहेछन l हामि छैठौं तल्ला बाट तल पुग्न पनि निकै बेर लागेको जस्तो भयो l जब हामि तल lobby मा पुग्यो मान्छेहरुको भिड भैसकेछ lobby मा नअट्ने भो । त्यसैले हामि lobby बाट बाहिर porch मा आयौं l ओह चिसो – १२ डिग्री c को तापक्रम l बाहिर snow fall भैरहेको थियो । आफ्नो लुगा पातलो कुर्ता सुरुवाल र बाथरूम चपल । टोपी पनि थिएन । मसँगै मेरो एक जना सिनिअर sir पनि उस्तै अवस्था … अरु पनि लगभग उस्तै । कथ्याँग्रियेर बसेका। यत्तिकैमा ल…. हाम्रो वरिष्ठ सर एकजना खोइ त…. ??? यता उता हेरें … देखिन … केहि समयपछी भिड पन्छाउन्दै ३० किलोको लगेज घिसार्दै आइरहनु भो । हामि नजिक पुगेसि मैले सोधें …sir किन यो लिएर आउनु भाको आगलागीबाट बच्न हल्काफुल्का भएर पो आउनु पर्छ । लगेज त बिमाले तिर्छ नि ….. l उहाँ ले जवाफ दिनु भो “बिमाले ६ महिना पछी तिर्छ आफुलाई अहिले नै चाहिने सामान छ” ।
यति कुरा गर्दा सम्म हामीलाई थाहाभएको छैन होटेल को कहाँ आगलागी भयो ? यतिकै मा मलाई पनि झोक चल्यो ….
“sir एक छिन है”….. भनि म होटेल भित्र छिरें. …. सबै ओर्लर्न्दै थियो । म त्यहि बाटो माथि चढें … सबैले मलाइ घुरेर हेर्थ्यो … सायद मनमनमा भन्दो हो …..“Stupid Guy” ।
तर म रोकिन अझ दौडको तालमा होटेलको fire stair चढें । झर्दा त सजिलो भाथ्यो चढ्दा लामो लामो भर्यांग ६ तल्ला कठिन भयो …. जाडो नै हरायो । आफ्नो कोठामा पुगें l छिटो छिटो top coat निकालेर लगाएँ । जुत्ता पनि लगाएँ । ढोकातिर दौडे l फेरी फर्कें …..कोठामा तिन वटा beer बाकि रहेछ बोकें । अनि फेरी कुडें भर्यांग तर्फ …. छिटो छिटो तल पुगें … त्यतिबेला सम्म दमकल आइसकेछ । अलि होहल्ला पनि भैरहेछ ।
केहि क्षण पछि होटेलको manager अगाडी आइन र सबैसंग माफी मागिन र भन्नुभो
“Ladies and Gentleman !
That was a false alarm”
“there is no fire in our hotel….. We are extremely sorry and we apology for your inconvenience… “
Fire engine को कमान्डर होला सायद भन्दै हुनुहुन्थ्यो
“No fire … some electrical system problem …. Be easy….”
अर्को दिन साँझपख…. मौसम चिसो माइनस १२ डिग्री c , हामी नियमित पेय पदार्थ र हल्का चिकेन barbecue , हल्का music, ….. अचानक जोडका साथ् बज्यो fire alarm …. एकछिन सबै जुरुक्क उठे …. फेरि हिजोको अवस्था सम्झें र म्युुजिक अलि ठुलो गरे …. खतराको घन्टी बज्दै थियो …हामी पिउंदै थियौं….l
LT. COL. Sanu Raja BAJRACHARYA (Rtd.)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५