• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

दशैं र उहिलेको गाउँ घरको सम्झना !


सुभाय् संवाददाताOctober 25, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

सुरेश पोखरेल , अमेरिका

आफ्नो बिगत सबैका लागि प्रिय हुन्छ । जब जब महान चाड दशैं नजिक आउछ, चलचित्र जस्तै गरेर २०३९ सालको पोखरेल फाँटको दशैँ मेरो अगाडी आउछ । मेरा लागि यो भन्दा सम्झन लायक अरु दशैँ छैनन् । धेरै पटक दुवै आँखा चिम्लेर ति क्षण सम्झना गरेको छु ! २०३९ सालको दशैँले मलाई सधै रोमान्चित गराउछ ।

पोखरेल फाँटमा दशैंका बेला घटस्थापना अघि देखि नै चहलपहल हुन्थ्यो । गाउँ फर्कने क्रम सुरुहुन्थ्यो । लाहुरेहरु, बिधार्थीहरु र कर्मचारीहरु। त्यति खेर १५ दिन दशैँ बिदामा धेरै काम गरिन्थ्यो । घर रंगरोगनमा सहयोग गर्ने, घर वरीपरी र सार्बजनिक बाटो सफा गर्ने, घरमा पिर्के पिङ्ग जोडने, भाई बहिनीलाई सानो पिङ्ग हाल्ने, बगैंचामा बनाउने ठुलो पिङ्गका लागि बाब्बियो चन्दा उठाउने, राती पिङ्ग बाटन जाने, पाए पिङ्ग बाट्दा “बुढी” बन्ने । त्यो बाहेक, फूलपाती र दशैंमा काटिने २ खसी बोकालाई ब्यबस्थापनमा सहयोग गर्ने ।

हाम्रा लागि २०३९ सालको दशैं साँच्चै नै सबै भन्दा महत्वपूर्ण थियो । त्यो दशैंमा फुपूदिदि भिनाजुहरु बाहेक सबैको उपस्थित थियों ! त्यसपछि यतिको जमघट कहिले पनि भएन । हजुरबुवाको खुसीको सिमा नै थिएन ! केहि समय पहिला हजुरबुवाको लागि भनेर बुवाले काठमाडौँबाट एउटा बेतको आराम दायक कुर्ची ल्याउनु भएको थियो । त्यसैका लागि पराने माहिला दाई दमौली सम्म लिन पुगेका थिए । हजुरबुवा आँगनमा सुन्तलाका रुख मुनि त्यहि कुर्चीमा समय बिताउनु हुन्थ्यो । बुवा, जसको पृष्ठभुमि पत्रकारिता हो, एक टेप रेकर्डर लिएर हिंडी रहनु भएको थियो ! सानाठूला घटनाक्रम रेकर्ड गरि रहनु भएको थियो । अन्य साल जस्तै, काका कृष्ण चन्द्र नेपालीले दशैंका लागि १२ धार्नीको खसी र फूलपातीका लागि एक सानो बोका दमौलीबाट ल्याउनु भएको थियो ।

म तेस्रो पुस्ताको जेठो । यस पटक जगदीश अङ्कलले सुरेशलाई “प्रोफेसनल” कपडा चाहिन्छ भनेर टीकाका लागि नया शर्ट-प्यान्ट किनी दिनु भएको थियो । मेरो जांगे र टि-शर्टबाट प्रमोशन भएको थियो । साना सिँगाने बहिनिहरुका लागि नयाँ म्याक्सी थियो, दशैंका लागि । बहिनीहरु लाई सिंगान पुच्छनका लागि हाते रुमाल पनि थियो । बहिनीहरु सम्झेको बेला रुमालले सिंगान पुछथे, बिर्से हातैले । यो फोटो टिका कार्यक्रम सक्ना साथको हो । यो फोटो सुबास काकाले खिच्नु भएकोले उहाँ यो फोटोमा हुनु हुन्न ।

घरको टिका पछि हजुरबुवा र हजुरआमा बाहेक हामी गाउँमा मान्यबरको हातबाट टिका थाप्न हिडेउ । बुवा/ काकाहरु, आमा / काकी हरु र हामी भुराहरुको बेग्लै टोलि थियो । पोखरेल फाँटमा हाम्रो घर सबभन्दा पश्चिममा थियो । पहिला सबभन्दा उत्तरमा रहनु हुने “सिरान घरे हजुरबा”,जो हाम्रो हाँगाको जीवित जेष्ठ, कहाँ गइयो । २० मिनेटको ठाडो उकालो उक्लिन पर्थ्यो । टिका लगाइयो, आशिर्बाद लिइयो, केरा सुन्तला र दही सहितको प्रसाद खाएर सबै भन्दा पूर्वमा हुनुभएको हरि जीबाको घर पुगियो । क्रमश, नरनाथ जिबा, दिवाकर जिबाको घर हुँदै सबै भन्दा दक्षिणमा लक्ष्मीनाथ जीबा को घरमा गइयो । ज्यांबोईले सारै मिठो सेलरोटी र करेलाको अचार खुवाउनु भयो । अन्तिममा सम्पूर्ण पोखरेल परिवारका जेष्ठ साइला जीवाको घरमा पुगियो । जीबाले त्यस बर्ष पनि “तँ शाखा अधिकृत भएस” भनेर आशिर्बाद दिनुभयो ।

टिका सक्दा दिउसोको १ बजेको थियो । हामी प्राय एक साल टीकाका लागि मामा घर गुंडादी गइनथ्यो र अर्को साल बुढो मावली नरंगा गइनथ्यो । यो साल गुंडादी जाने पालो थियो । नागबेली आकारको कलेस्ती खोलालाई ६ पटक पार गर्दै, मादिको किनार किनार हुँदै दमौली, चापाघाट, कनटार, बरचौर हुँदै बास बस्ने बेला “सागपात” हुँदै ३ घन्टाको पैदल पछि गुंडादि पुगीयो ! त्यहाँको टिका ७ बजे सम्पन्न भयो ।

हाल, मजबुरी र मजदुरीका कारण धर्तिको पल्लो पट्टि बसेर दशैं मान्न परेको छ । कोरोनाको डर छ । र मिले सांझपख यहाँको ‘जेष्ठ” काकाको आशिर्बाद लिन जाने योजना छ ।

समयले सान्चै नै नेटो काटेको छ । हजुरबुवा परमधाम हुनुभएको ३१ बर्ष भैसक्यो ! हजुरआमा ९९ बर्ष हुनुभयो र काठमाडौँ बस्नुहुन्छ । फोटोमा म जत्रो थिए, अहिले मेरी कान्छी छोरी त्यो भन्दा ठुली छ । पोखरेल फाँटको हाम्रो घर अझै सखेल्ला छ तर बस्ने एक जना पनि मान्छे छैनन् । पुरै पोखरेल फाँटको उही हाल छ । त्यतिखेरका ९ घर पोखरेलहरु मध्ये जम्मा २ घर प्रयोगमा छन । बाँकिमा ताल्चा लगाइएको छ वा भगनाबसेश भईसके । बगैचामा पिङ्ग नबनेको २५ बर्ष भन्दा बढी भएको होला । हाल मोटर जाने बाटो बनेको छ । तर पुराना चौतारा, बगैंचा, पोखरी, बिरको थान, भंगेरको थान, नागको थान पछाडी परेका छन्, झाडीमा डुबेका छन् । पोखरेल बन्धुहरु काठमाडौँ, दमौली, देवघाट, चितवन, बर्दिया र अमेरिकामा छरीएका छन् । पारी बुढो मावली वाग्लेहरुको बस्ति नरंगाको पनि यहि हालत छ ।

बुवा र आमासंग भर्खर फोनमा कुरा भएको थियो ! उहाँहरुको स्वरमा खासै उत्साह थिएन । घरमा खसी काट्नुको साटो, दिनको एक-दुइ किलो मासु किन्न थालेको बर्षौं भयो । खसी बोका काट्ने जमाना गएछ । धेरै परिवार सदस्य बिदेशमा भएकाले टिकाको कार्यक्रम ४ -५ घन्टाको सट्टा अचेल टिका १ घन्टामा नै सिधिन्छ रे । त्यस माथि कोरोनाको त्रास त् छंदै छ । आमा, जो शारिरिक हिसाबले अस्वस्थ हुनुहुन्छ, भन्दै हुनु हुन्थ्यो “दशैं त अस्वस्थ र नसक्नेका लागि दशा हो।”

दशैंको रमाइलो पारिवारिक फोटो

 

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑