• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

काठमाडौंमा संंक्रमण बढ्नु ‘कोभिड-१९ जोडिएको मृत्युदर बढ्नु हो’


सुभाय् संवाददाताAugust 1, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / लकडाउन खुलेपछि आवतजावतमा भएको वृद्धिले काठमाडौं उपत्यका उच्च जोखिममा पर्न थालेको मुल्याङ्कन गरिएको बताउँदै स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले ‘अब छिट्टै अपनाउन लागेका थप केही उपायले समेत नतिजा नदिए’ पुन: लकडाउनमा जानुको विकल्प नहुने बताएक छन् ।
उनले त्यसका लागि मानिसहरूको आउजाउ नियन्त्रण गर्ने रणनीति सरकारलाई सुझाइएको बताए। “कम्तीमा साँझ सात बजेदेखि बिहान सात बजेसम्म काठमाण्डू छिर्ने नाकामा अत्यावश्यक बाहेकका आउजाउ रोकिएको छ जसले गर्दा जथाभावी रूपमा थाहा नै नहुने गरी मानिसहरू हिँड्ने छैनन्,” उनले भने।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले किन नेपालमा ‘ठूलो जनस्वास्थ्य दुर्घटना’को जोखिम देखे . नेपालमा कोरोनाभाइरसका कारण कसको मृत्यु भइरहेको छ?
स्वास्थ्य मन्त्रालयले निजी यातायातमा पुन: जोर बिजोर प्रणाली लागु गर्न समेत सरकारलाई सुझाएको बताइएको छ।
भाइरस सङ्क्रमण हुनबाट बच्ने न्यूनतम उपायहरू समेत पालना गर्न छाडिएकाले र जनस्वास्थ्यका मापदण्डको थप उल्लङ्घन भएसँगै समुदायमा सङ्क्रमण फैलन सक्ने जोखिम बढेको डा. कार्की बताउँछन्।
काठमाडौंमा बढ्दो सङ्क्रमण: ‘चिन्ताजनक’
जोखिमयुक्त वृद्धवृद्धाको जनसङ्ख्या काठमाण्डू उपत्यकामा अन्यत्र भन्दा बढ्ता रहेकोले यहाँ सङ्क्रमणको प्रभाव चिन्ताको बिषय रहेको स्वास्थ्य मन्त्रालयले समीक्षा गरेको बताइएको छ।
काठमाण्डूमै उपचारका लागि देशभरबाट आउने बिरामीहरूको सङ्ख्या समेत उच्च रहेको बताइन्छ।
डा. कार्कीले भने: “धेरै जनसङ्ख्याका मात्र होइन जोखिमयुक्त जनसङ्ख्या धेरै भएका हिसाबले यहाँ सङ्क्रमण फैलियो भने त्यसले काठमाडौंमा मृत्युको दर समेत बढाउने जोखिम छ।”
सरकारलाई तत्काल लागु गर्न स्वास्थ्य मन्त्रालयले सुझाएका उपायहरू यस्ता छन्-
सुरक्षित हुने मापदण्डको कार्‍यान्वयनका लागि स्वयम्‌सेवक र सुरक्षाकर्मीमार्फत् ठूलो स्तरमा जनचेतना अभियान
भिडभाड नियन्त्रणका लागि पुन: सवारी साधनमा जोरविजोर प्रणाली , रातमा सवारी आउजाउमा रोक , सार्वजनिक स्वास्थ्य सेवालाई थप सतर्कता , भेला एवम् जमघट नगर्न सरकारले यसअघि नै सचेत गराए पनि त्यसको कार्यान्वयन भने कमजोर रहेको भन्दै सरकारको आलोचना हुने गरेको छ।
त्यसको उलङ्घन सत्ताधारी पार्टी र प्रधानमन्त्री र मन्त्रीहरू स्वयम्‌ले गरेको पाइएको छ।
फेरि लकडाउन ?
विज्ञ डा. कार्कीले थपे: “यदि यी उपाय अपनाउँदा पनि सोचेजस्तो भएन भने हामीसँग फेरि लकडाउन लगाउनुको विकल्प हुँदैन।”
सङ्क्रमणका स्थानीय अवस्था हेरेर पहिले ती निश्चित क्षेत्रमा नियन्त्रणको प्रयास गर्ने यतिखेरको सरकारी रणनीति रहेको अधिकारीहरूको भनाइ छ।
अहिले सीमावर्ती भारतको विहार र उत्तर प्रदेशमा सङ्क्रमण उच्च रहेको र त्यहाँ समुदाय स्तरमा फैलिएको हुनसक्ने आकलन भइरहेका विवरणहरू सार्वजनिक भएका छन्। सरकारी मापदण्ड उलंघन गर्दै मन्त्रीहरू नै भेलाहरूमा सहभागि भएकोमा आलोचित बनेका छन्।
“त्यसैले हाम्रो उच्च सतर्कतामा प्रदेश नम्बर २ र प्रदेश नम्बर पाँचमा छ। अवस्था हेरेर ती प्रदेशहरू मात्रै लकडाउनमा जान सक्छन्। काठमाडौं समेत तीनवटा जिल्लाले एकिकृत निर्णय गरेर यहाँ मात्र पनि लकडाउन गर्ने विकल्पमा जान सकिन्छ,” डा. कार्कीले भने। डा. कार्कीका अनुसार अहिलेसम्म विवरणमा दुई प्रतिशत सङ्क्रमित मात्र ६० वर्षभन्दा माथिका देखिएको छ।
यद्यपि स्वास्थ्य अधिकारीहरूले यति नै बेला लक्षण बढि देखिएका सङ्क्रमितको बढ्दो सङ्ख्याले आफूहरूलाई चिन्तित बनाएको बताउँछन्।
डा. कार्कीले थपे, “हाम्रो शङ्का भाइरसको प्रभाव अन्य रोग भएका बिरामीमा बढ्ता देखिएको वा भाइरसकै स्वभावमा परिवर्तन भएको हुनसक्नेमा छ। जसलाई बुझ्न हामीले जेनेटिक स्विक्वेन्सिङ (एकखाले आणुवांशिक अध्ययन) मा लागेका छौँ।”
क्वारन्टीनमा मानिसहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेर १२ हजार पुगेकोमा यतिखेर सरकारले धेरै यात्रा गरेका मानिसमा पीसीआर जाँच केन्द्रित गर्न थालेको जनाएको छ।
शुक्रवार मन्त्रालयले एकैदिन अहिलेसम्मकै उच्च १०,७६८ पीसीआर परीक्षण भएको जनाएको थियो।
बिबिसी

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑