• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 11, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

नेवा: सभ्यता – दबू


सुभाय् संवाददाताMay 29, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

दीपक तुलाधर 
नेवार समूदायको बस्तीमा बिभिन्न किसिमका सम्पदाहरु हुन्छन् । त्यसमध्ये एक दबू पनि हो । नेवार बस्तीका प्रायसबै ठाउँको  सडक वा सार्बजनिक चोकहरुमा इँटा र ढुंँगाले बनाएका यस्ता दबूहरु भेटिन्छन् । प्राय कुनै न कुनै गुथिहरुले दबू बनाएका देेखिन्छन् । उहिले सिनेमाको चलन नभएको समयमा यस्ता दबूहरुमा नेवा: भाषाका नाटक, नाच, गान देखाउँथे । दिउँसो सबै काममा ब्यस्त हुने भएकोले कार्यक्रमहरु राति हुने गर्दथेे ।

त्यतिबेला स्पिकर माइकको बिकास  भएको थिएन,  राति शान्त वातावरणमा बोल्ने संवाद, गीत संगीत दर्शकहरुले मज्जाले सुन्न सक्थे । दबूमा देखाउने नाटकलाई दबू प्याखं भनिन्थ्यो । दबूप्याखंमा महिला पात्रको भूमिका पनि पूरुषले नै गर्ने गरिन्थ्यो ।  रेडियो – टिभी त्यतिबेला आएको थिएन  । राज्यले जनतालाई दिनु पर्ने समसामयिक सूचनाहरु पनि हरेक टोलका यस्ता दबूहरुमा आएर दिइन्थ्यो जसलाई “नाय्‌खिं च्वयेकेगु” भनिन्छ । हाल कोरोना फैलिए जस्तै त्यो बेला फैलिने बिफर, कोलेरा आदिको बारे यस्तै दबूमा सरकारी कर्मचारी उभिएर जनतालाई सुसुचित गराउँथे । समसामयिक सुचना दिनेलाई “नायखिँ च्वयेकेगु “ भनिन्छ । राणाकालमा स्वन्ति पर्वमा जुवाको खेल शुरु गर्न र बन्द गर्नको लागि “जू च्वयेकेगु” भनेर सार्बजनिक सुचना यस्तै दाबूमा दिइन्थ्यो । सूचनाको अवधि भित्र मात्रै जुवा खेल्न पाउँथे, अन्यथा पक्राउ गरिन्थ्यो । जू च्वयेकेगुमा “छेँबुँ पाये मदु, कला: मस्त पाये मदु (घरखेत र स्वास्नी बच्चा दाउमा राख्न पाउँदैन)“ भन्ने वाक्य आदेश पनि जारी गरिएको हुन्थ्यो । नेवार रैठाने बस्ती शहरमा मात्र होइन, ब्यापार ब्यबसाय लगायत बिभिन्न कारणले बसाइ सरेर गएका नेवार समूदायले उपत्यका बाहिर देशका बिभिन्न भागमा पनि दबूहरु निर्माण गरेको पाइन्छ ।

यो तस्बीर येँ, (असन) त्यौड टोलको हो ।


Dipak Tuladhar – Daboo
नेसं ११४०, मे २९ (शुक्रवा:)

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑