• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

प्रवेश नरोकिएपछि काठमाडौं प्रवेश गर्ने नाकाहरु सिल गर्न काठमाडौं महानगर पालिकाको माग


सुभाय् संवाददाताMay 18, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

काठमाडौं / काठमाडौंमा नियम विपरीत बाहिरबाट लक डाउनको अवधिमा हजारौं मानिसको प्रवेशले कोरोना संक्रमणको दृष्टिकोणले सुरक्षित मानिएको काठमाडौं अहिले जोखिमपूर्ण अवस्थामा रहेको भनिएको बेला कोरोना भाइरस कोविड- १९ नियन्त्रणका लागि काठमाडौं महानगर पालिकाले आफ्नो कार्यपलिकाको ४६ औं विशेष बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।
उक्त बैठकले लकडाउनको बेला काठमाडौं प्रवेश नाकामा अझै पासको दुरुपयोग गर्दै प्रवेश गरिएकोमा आपत्ति जनाउँदै सबै प्रवेश नाकाहरु सिल गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयलाई माग गरेको छ ।

ईश्वरमान डंगोल , प्रवक्ता का.म.पा.

काठमाडौं आउनै पर्ने भए संबंधित जिल्लामा नैं कोरोना भाइरस टेस्ट गरेर संक्रमण नभएको पुष्टि भएपछि मात्र काठमाडौं आउन अनुमति दिने व्यवस्था गर्न पनि  गृहसँग माग गरेको छ ।
यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरपालिकाको हिजो जेठ ४ गते बसेको विशेष कार्यपालिका बैठकले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण सम्बन्धमा विभिन्न निर्णय गरेको बारे जानकारी गराए ।
उनले भने कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश नाकाहरुबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी मानिसहरु उपत्यका प्रवेश गर्ने क्रम रोकिएको छैन र यसले काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा वढ्दै गएको छ । यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णय गरेका छौं ।
लकडानउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामको लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थान विन्दुमै कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण गरी कोरोना भाईरस नभएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउन तथा लकडाउनको उलंघन गरी अनुमति नलिई लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्याउने व्यक्तिलाई समेत उच्च निगरानी गरी कानुन बमोजिम कार्वाही गर्न नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने प्रवक्ता डंगोलले बताए ।
काठमाडौंमा संक्रमितहरु बढ्ने क्रममा रहेको देखिएको बेला नेपाल सरकारबाट जारी कोेरोना भाइरस (कोभिड१९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम काठमाडौं महानगरपालिका क्षेत्रमा आवश्यक संख्यामा क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गर्न र आवश्यकतानुसार सःशुल्क क्वारेन्टाइन समेत सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह गर्ने बताए ।
उनले थपे अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुलाई निःशुल्क र सर्वसाधारणका लागि निःशुल्क एवं सशुल्क कोरोना भाइरस सम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गर्ने र यसको व्यवस्थापन महानगरले गर्ने बताए ।
हालको अवस्थामा अत्यावश्यक कामको लागि पास लिइ काठमाडौं प्रवेश गर्ने व्यक्तिको विवरण अद्यावधिक गरी निजको निगरानी गर्न आवश्यक देखिएकोले सम्बन्धित निकायले पास जारी गर्दा नै निजहरु काठमाडौंमा आई बसोबास गर्ने पालिका, वडा, टोल, सम्पर्क फोन नं. र घरधनीको नाम सहितको विवरण लिनुपर्ने र सो विवरण काठमाडौं महानगरपालिका कार्यालयलाई उपलब्ध गराउनु पर्ने माग गर्ने बताए ।
लक डाउनको अवधिमा काठमाडौंमा बसोबास गर्ने कोही पनि भोकै बस्न नपरोस भन्ने उद्देश्यले कामपाले सबै वडाहरुमार्फत राहत वितरणको कार्य सञ्चालन भइरहेकोमा असहाय व्यक्तिहरु वाहेक दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु र बेरोजगारको लागि तोकिए बमोजिम श्रममा आधारित राहत सहयोग मात्र वितरण गर्ने ब्यवस्था गर्दा दिगो हुने हुंदा सो का लागी कार्यविधि तयार गरी कार्यन्वयन गर्ने पनि प्रवक्ता डंगोलले बताए।
उनले भने संक्रमण वढ्दै गएको र यसको लागि लकडाउनको अवधि पनि थप हुँदै गएको सन्दर्भमा समाजमा चोरी, घरेलु हिंसा, मानसिक रोग जस्ता सामाजिक समस्याहरु देखापर्ने सम्भावना देखिएकोले यसको रोकथाम र नियन्त्रणको लागि सुरक्षा निकायको भूमिका र सक्रियता थप प्रभावकारी बनाउन गृह मन्त्रालयसँग माग गर्नेछौं ।
लकडाउनको बेला दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्थापनको सवालमा उनले भने आपूर्ति सहज बनाउन महानगरपालिका क्षेत्रभित्रको औषधि, ग्यास र खानेपानी पसल वाहेक अन्य खाद्यान्न, फलफूल र तरकारी पसलहरु दैनिक विहान १० बजेसम्म मात्र सञ्चालन गर्न आवश्यक समन्वय गर्ने छौं ।
लक डाउनको अवधिमा अत्यावश्यक कामले विदेश तथा उपत्यका वाहिरबाट आएर आफ्नो वडामा बसोबास गर्दै आएका व्यक्तिहरु यहाँ कसरी बस्न सक्छन् त भन्ने सवालमा प्रवक्ता डंगोलले भने बाहिरबाट आएकाहरुको हकमा महानगरका सबै वडा समितहरुले विवरण तोकिएको ढाँचामा राख्ने, उनीहरुकोे निगरानी गर्ने, स्वास्थ्य परीक्षण गरे नगरेको विवरण अद्यावधिक गर्ने र सो सम्बन्धी एकीकृत विवरण वडा कार्यालयहरुले प्रशासन विभागमा पठाउने गरि व्यवस्था मिलाउने छ ।
कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाबाट भएका समग्र कार्यहरुको अनुगमन गरी सोको प्रतिवेदन नियमित रुपमा मेयर समक्ष पेश गर्न काठमाडौं महानगरपालिकाको अनुगमन समितिलाई निर्देशन दिएको पनि प्रवक्ता डंगोलले बताए ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑