• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / प्रविधि

कोरोना भाइरस र मानसिक स्वास्थ्य


सुभाय् संवाददाताMarch 25, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ।
यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ। अझ चिन्ता र अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता समाचारले थप विचलित बनाइदिन सक्छ।
यस्तो बेला हामीले आफ्नो मानसिक स्वास्थ्यको समस्या कसरी समाधान गर्न सक्छौँ?
कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले मानसिक स्वास्थ्यको हेरविचार गर्न सल्लाह दिएपछि त्यो कदमलाई धेरैले स्वागत गरेका छन्।
ब्रिटिश परोपकारी संस्था एङ्जाईटी यूकेका निकी लिड्बेटरका विचारमा अनियन्त्रित हुने र अनिश्चितता खेप्न नसकिने हो कि भन्ने अवस्थाको भयले मानिसको चिन्तासम्बन्धी मानसिक समस्यालाई अझै गम्भीर बनाइदिन सक्छ।
त्यसैले अहिले चिन्ताजन्य मानसिक समस्या भोगिरहेका धेरैले अहिलेको अवस्थामा विभिन्न चुनौतीको सामना गरिरहेका छन्।
यस्तो बेला आफ्नो मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने?
१. समाचारलाई सीमित तुल्याउनुहोस् र आफूले पढ्ने सामग्रीबारे विचार पुर्‍याउनुहोस्
आफूले पढिरहेको वा हेरिरहेको सामग्रीले तपाईँलाई राम्रो अनुभव भइरहेको छ कि छैन विचार गर्नुहोस्। समाचार हेर्ने र पढ्ने कुनै वैज्ञानिक समय रोज्नुहोस्
विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुहोस्। किनभने यस्तोबेला धेरै मिथ्या समाचार र हल्ला फैलिरहेका हुन्छन्। सरकारी र स्वास्थ्य संस्थाका वेबसाइटहरू हेर्ने गर्नुहोस्
२. समाजिक सञ्जालबाट टाढै बस्नुहोस् र चिन्ता बढाउने सामग्री बन्द गरिदिनुहोस्
ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा चिन्ता बढाउने सामग्री प्रकाशन गर्ने खाता पछ्याउन छोडिदिनुहोस्। तिनलाई म्यूट वा अन्फलो गरिदिनुहोस्
भाइबर र ह्वाट्स्यापमा अरू पठाउने चिन्ताजनक लाग्न सक्ने सामग्रीलाई शान्त वा म्यूट गरिदिनुहोस्। तिनलाई बन्द गरिदिनुहोस्
सामाजिक सञ्जालबाट टाढै बसेर मानसिक शान्ति पाएका धेरै मानिस हाम्रो समाजमा छन्। यो बेला तिनको अनुसरण गर्नुहोस्।
३. हात धुने गर्नुहोस्, तर अति नगर्नुहोस्
ओसीडीजस्ता मानसिक समस्या भएका मानिस अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण त्रसित भएको पाइएको छ।
बारम्बार हात धोइराख्न सल्लाह दिइयो भने उनीहरूलाई झर्को लाग्न सक्छ।
उनीहरूलाई एक्लै राख्नु पनि उचित हुँदैन।
त्यसैले मानसिक समस्या भएका मानिसको अवस्था विचार गरेर सावधान हुन सिकाउनुहोस्।
४. अरू मानिससँग सम्पर्क गरिराख्नुहोस्
आउने दिनमा धेरै मानिसहरू एक्लै बस्ने अवस्थामा पुग्न सक्छन्।
त्यसैले आफूलाई मन पर्ने र माया गर्ने मानिसको टेलिफोन नम्बर र अन्य सम्पर्कको सूची बनाउनुहोस्।
एकान्तवास गर्नुपर्ने अवस्थामा पनि कुनै दैनिकी बनाएर त्यसैअनुसार चल्ने गर्नुहोस्। प्रत्येक दिनमा विविधता होस् भन्ने प्रयत्न गर्नुहोस्।
हामी अनुहार नछोईकन किन बस्न सक्दैनौँ
कोरोनाभाइरसबारे यी दाबी जुन तपाईँले बेवास्ता गर्नुपर्छ
दुई हप्तासम्म एक्लै बस्नुपर्ने अवस्था आएमा त्यसलाई उत्पादनशील बनाउन सकिन्छ। त्यसबारे सोच्नुहोस्।
दुई हप्ताको अवधिमा तपाईँले धेरै सिर्जनशील काम गर्न सक्नुहुन्छ। तपाईँले आफूले गर्नुपर्ने कामको सूची बनाउन सक्नुहुन्छ। वा आफूले लामो समयअघिदेखि पढ्छु भनेको पुस्तक पढेर सिध्याउन सक्नुहुन्छ।
५. तर आफूलाई धपेडी हुने काम नगर्नुहोस्
कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलिने क्रम जारी रहँदा आफूलाई अतिव्यस्त राख्ने वा थकाउने समय कम गर्नु आवश्यक हुन्छ। शान्त रहनुहोस्।
माईन्ड नामक मानसिक स्वास्थ्यसंस्थाले यस्तो बेला मानिसहरूलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहने सुझाव दिएको छ।
एङ्जाईटी यूकेले चिन्ता हटाउन यस्ता सुझाव दिएको छ:
स्वीकार : मस्तिष्कमा अनिश्चितिता आउनेबित्तिकै त्यसलाई वास्तविकता ठानेर स्वीकार्नुहोस्
विश्राम: तपाईँले सधै गर्ने जस्तो व्यवहार नगर्नुहोस्। कुनै प्रतिक्रिया नजनाउनुहोस्। विश्राम लिनुहोस् र आरामले सास फेर्नुहोस्
नबहकिनुहोस्: सोचाइहरू वास्तविकता होइनन्, त्यसैले नबहकिनुहोस्
परित्याग: सोचाइ र अनुभूति जसरी आउँछन् त्यसरी नै जान्छन्। तपाईँले केही गर्नै पर्दैँन। ती आफैँ आकाशमा बादल वा पानीका फोकाजस्तै हराउँछन्
वर्तमान: अहिलेको क्षणमा रमाउनुहोस्। यो क्षणमा सबै राम्रै भइरहेको छ। आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुहोस्। आफ्नो धरातलतिर ध्यान दिनुहोस्। वरिपरिको वास्तविकता हेर्नुहोस्, सुन्नुहोस्, सुँघ्नुहोस् र तिनलाई बुझ्नुहोस्। यो क्षणमा। त्यसपछि आफ्नो ध्यान अर्कोतिर मोड्नुहोस् र आफूले के गर्नु पर्छ र के गर्दै हुनुहुन्थ्यो भनेर विचार गर्नुहोस्। वर्तमानलाई आत्मसात गरेर चिन्ता हटाउनुहोस्। ध्यानपूर्वक अरू केही गर्नुपर्छ कि भनेर विचार गर्नुहोस्।
सन्दर्भ सामाग्री बिबिसी

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑