• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

मेसिन ल्याउनुअघि नै पैसा छाप्‍न थालेपछि…


सुभाय् संवाददाताMarch 5, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सुरेश किरण

अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्‍ने हो । तर उनले मेसिन ल्याउनुअघि नै पैसा छाप्‍न सुरु गरे ।

सञ्चारमन्त्री कमरेड गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार क्षेत्र नै सुनसान बन्‍न पुगेको छ । उनी सञ्चारमन्त्री हुन्जेल सञ्चार क्षेत्र सधैँ कोलाहलमय भइरहन्थ्यो । अब त्यो कोलाहलको अन्त्य भएको छ ।

सबैलाई थाहा भएकै कुरा हो, सञ्चारमन्त्री बाँस्कोटा कुनै बेला आफ्नै पत्रिका पनि निकाल्ने गर्थे । अर्थात्, पत्रिका छाप्‍ने उनको काम थियो । तर मन्त्री हुनेबित्तिकै उनी पत्रिका छाप्‍न छाडेर पैसा छाप्‍नेतिर लागे । उनलाई लागेको आरोप त यही थियो नि हैन र ? पैसा छाप्‍ने मेसिन खरिदमा भ्रष्टाचार । त्यो पनि सानोतिनो भ्रष्टाचार हो र ? ७० करोडको ।

घटना विवरण बुझ्दा कस्तो लाग्छ भने यो वास्तवमा पत्ता लागिहाल्ने खालको काण्ड पनि थिएन । उनले अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्‍ने हो । तर उनले मेसिन ल्याउनुअघि नै पैसा छाप्‍न सुरु गरे । उनले पैसा छाप्‍न थालेको संवादै मिडियामा आइदियो ।

आफैँले ल्याएको मेसिन हो, त्यसमा आफूलाई चाहिनेजति पैसा छाप्‍न उनलाई कसैले रोक्न सक्ने अवस्था पनि थिएन । यदि मेसिन ल्याइसकेपछि छापेको भए ७० करोडभन्दा बढी पनि छाप्‍न सकिन्थ्यो । उनी आफैँले ल्याएको मेसिन हो, कति छाप्यो, कसरी छाप्यो, कसलाई थाहा हुन्थ्यो र ?
ओलीको अपूरो जन्मदिन
खुसीराम जेल परेको आठ वर्षजति भयो ।

नाम खुसीराम भए पनि जेल परेदेखि उसको अनुहारबाट खुसी गायब भएको थियो । गएको केही दिनदेखि उसको मुहारमा आशा पनि गायब भइदियो । कारण रहेछ, प्रधानमन्त्री केपी
ओलीको जन्मदिन ।

सबैलाई थाहै भइसकेको छ, प्रधानमन्त्री ओलीको ६९ औँ जन्मदिन यस पटक अत्यन्त धुमधामपूर्वक मनाइयो । मिठाई बाँड्ने, खाना खुवाउने, लत्ताकपडा वितरण गर्नेजस्ता धेरै कार्य भए । उनको पुर्ख्यौली जिल्लामा त एक दिन सार्वजनिक बिदै दिइएको थियो ।

खुसीरामले यी सबै कुरा जेलमै बसेर थाहा पाएको रहेछ । पत्रिका पढ्यो होला । यसै कारणले उसको कान्ति हराएको रहेछ । खुसीरामको बेखुसी अनुहार देखेर जेलको कुनै अर्को कैदीले सोधेछ, ‘के भयो खुसीराम दाइ, आज बडो दु:खी देख्छु ।’

खुसीरामले भन्यो, ‘के भन्‍नु भाइ, कुरै त्यस्तो पर्‍यो । हाम्रा प्रधानमन्त्रीको कारण आज म बहुत दु:खी छु ।’

‘किन दाइ, प्रधानमन्त्रीले के गरे ?’ कैदीको मुहारमा जिज्ञासा छायो ।

‘प्रधानमन्त्रीले जन्मदिन कति धुमधामपूर्वक मनाए, थाहा छैन तिमीलाई ?’

‘मनाए त मनाए, यसले हामीलाई के फरक पर्छ ?’

‘फरक पर्नुपर्ने थियो तर परेन । दु:ख त्यसैमा हो,’ खुसीरामले आफ्नो दु:ख बताउन सुरु गर्‍यो, ‘हेर पहिले–पहिले ठूलाबडाहरु यति धुमधामका साथ जन्मदिन मनाइसकेपछि त्यही खुसियालीमा केही कैदी–बन्दीलाई कैद मिनाहा गरेर रिहा पनि गर्थे । यसपालि अरु जम्मै गरे, योचाहिँ गरेनन् । जब यत्तिको धुमधाम गरिसकेपछि २०–३० जना कैदीलाई कैद मिनाहा पनि गरिदिएको भए उनको के जान्थ्यो ? यति गरेको भए प्रधानमन्त्रीको जन्मदिन पनि पूर्ण हुन्थ्यो । हामी पनि उनलाई सपोर्ट गर्थ्यौँ । अहिले त जन्मदिनै अपूर्ण भयो ।’
हारेकालाई मौका
जेहोस्, चुनाव हारेका नेतालाई पनि प्रधानमन्त्री बनाउने निर्णय गरेर सत्तारुढ दल नेकपाले राम्रो काम गरेको छ । अहिलेसम्म सरकारले केही गतिलो काम गरेन भन्‍नेहरुका लागि यो एउटा गतिलो जवाफ हुन सक्छ किनभने चुनाव हारेका नेतालाई पनि प्रधानमन्त्री बनाउनु भनेको देशको लोकतन्त्र, गणतन्त्र, सुशासन, प्रगति, उन्‍नति सबैका लागि राम्रो कदम हो ।

लोकतन्त्रमा चुनाव जितेका नेता मात्रै प्रधानमन्त्री बन्‍ने परम्परा छ । तर चुनाव जितेका प्रधानमन्त्रीले के गरे र खोइ ? चुनाव जितेका त्यत्रा प्रधानमन्त्रीहरुले देश चलाए तर के भयो ? केही पनि भएन । त्यसैले अब एकचोटि चुनाव हारेकालाई पनि मौका दिएर हेर्ने हो कि ?

जो चुनाव जितेर आउाछन्, उनीहरु भ्रष्ट पनि हुन्छन् किनभने चुनाव जित्नलाई के–के गर्नुपर्छ, त्यो सबैलाई थाहा छ । धाँधली गर्नुपर्छ, गुन्डा पाल्नुपर्छ, पैसा बाँड्नुपर्छ, राागा ढाल्नुपर्छ, मान्छे किन्नुपर्छ, तस्करसाग सााठगाँठ गर्नुपर्छ, झुटो बोल्नुपर्छ । जसले यति गर्न सक्छ, उसले चुनाव जित्छ, जसले गर्न सक्दैन, उसले जित्दैन । यसरी चुनाव जितेर आएकाले कसरी देश चलाउाछ ? बरु यस्तो केही नगर्नेलाई देश चलाउन दिऊँ न । यस्तो केही नगर्ने भनेका हरुवा उम्मेदवार नै हुन् । अर्थात्, जसले यस्तो केही गर्दैन, ऊ चुनाव हार्छ । चुनाव हारेका उम्मेदवारलाई सत्तामा पुगेर आफूले खर्च गरेको पैसा उठाउनुपर्छ भन्‍ने चिन्ता पनि हुँदैन किनभने चुनावमा खर्चै गरेको हुँदैन त उठाउन किन पर्‍यो ?

चुनाव हारेकासाग जनताले धेरै आशा पनि लिएको हुँदैन । आफूले भोटै नदिएको मान्छेसँग के आशा लिनु ? यसरी हेर्दा के लाग्छ त भन्दा चुनाव जितेकाले होइन बरु हारेकाले राम्ररी देश चलाउला कि ? अब जसले देश चलाउने सम्भावना छ, उसलाई एक मौका किन नदिने ?

courtesy : nepalmag

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑