• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

सन्दर्भ जनयुद्ध दिवस : जनपक्षीय गणतन्त्रको आवश्यकता


सुभाय् संवाददाताFebruary 18, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

 

रवीन्द्र श्रेष्ठ

०५२ साल फागुण १ गते शुरु भएको जनयुद्धको विषयमा यसको २५औँ दिवसको अवसरमा विभिन्न कोणबाट छलफल बहस भएको छ । जनयुद्ध नेपाली धर्तीको यथार्थ इतिहास बनिसकेको छ । यसबाट सिकेर अघि बढ्नु नै अहिलेको समयको माग हो ।
दशवर्षे जनयुद्ध र ०६२ को संयुक्त जनआन्दोलनको फलस्वरुप गणतान्त्रिक समाजवाद उन्मुख संविधान बनेको छ । सदियौंदेखिको राजतन्त्र अन्त्य भएको छ । संविधानमा जनताका आधारभूत अधिकारहरुका साथै सबै वर्ग र क्षेत्रलाई समेटिएको छ । यी अभूतपूर्व उपलब्धिहरु हुन् । यी सबै जनयुद्ध र संयुक्त जनआन्दोलनका ऐतिहासिक उपलब्धिहरु हुन् । तर, संविधानमा जस्तोसुकै लेखिए पनि सत्ता व्यवस्थाको वर्गीय चरित्रमा भने फरक आएको छैन । सत्ता व्यवस्थामा अहिले पनि जनयुद्ध र जनआन्दोलन अगाडिको सत्ता व्यवस्थामा जस्तै सामन्ती वर्गका अवशेषहरु, दलाल तथा नोकरशाही पूँजीपति वर्ग र विभिन्न साम्राज्यवादीहरुको नै बर्चस्व रहँदै आएको छ । सत्ता व्यवस्थाको रुप पक्ष र संविधान कानून तथा सरकारमा पुगेको पार्टीका घोषणापत्रहरुमा जनपक्षीय कुराहरु लेखिएता पनि व्यवहारमा त्यसको कार्यान्वयन भइरहेको छैन । अझ उल्टो कामहरु तीव्रगतिमा भइरहेको छ ।
जनविरोधी भ्रष्टहरुको हालीमुहाली भएको वर्तमान व्यवस्थाको विकल्प नयाँ जनपक्षीय गणतन्त्र हो । जनविरोधी कम्युनिष्ट पार्टीको विकल्प जनपक्षीय कम्युनिष्ट पार्टी हो । अहिलेको व्यवस्था पनि खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था बनेका महसुस जनताले गरिरहेका छन् । सत्ताधारी दल पनि खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पार्टीमा परिवर्तन भएको महसुस जनताले गर्न थालेका छन् । यसमा आमूल परिवर्तन गर्न नयाँ जनपक्षीय गणतन्त्र र नयाँ जनपक्षीय कम्युनिष्ट पार्टी अनिवार्य बनेको छ ।
यस्तो किन भयो त ?
०४६ सालको जनआन्दोलनले पुरानो व्यवस्थालाई समूल उखेलेर फाल्न सकेन । बीचमै सम्झौता भयो । पुरानो व्यवस्थाका रुप पक्षहरु फेरिए पनि सार पक्ष अर्थात् पुरानो सत्ताधारी वर्गहरुको नयाँ सत्तामा बर्चस्व कायमै रहन दिइयो । नयाँ सत्तारुढ पार्टी नेपाली कांग्रेसको मूल नेतृत्वको वर्गीय रुपान्तरण भई दलाल तथा नोकरशाही वर्गमा परिवर्तन भयो । त्यसभित्रका राष्ट्रिय पूँजीपति वर्ग र अन्य जनवर्गलाई पाखा लगाइयो । मदन भण्डारीको रहस्यमय हत्यापछि एमालेको मूल नेतृत्वले पनि क्रमशः जनताको बहुदलीय जनवादलाई तोडमरोड गर्दै जनविरोधी वर्गहरुमा मूल नेतृत्वको क्रमिक वर्ग परिवर्तन गर्न थाल्यो । आन्दोलनकारी दलहरुको उल्टो वर्ग रुपान्तरण र सत्ता व्यवस्थाको जनविरोधी सारतत्वका विरुद्ध ०५२ सालमा जनयुद्धको शुरुवात भयो । दश वर्षमा यसले तीव्र प्रगति हासिल गर्दै अघि बढ्यो । तर मूल नेतृत्वको आत्मसुरक्षावाद र दक्षिणपन्थी अवसरवादका कारण यसले पूर्ण विजय हासिल गर्न सकेन । नयाँ सत्ता व्यवस्थाको वर्गीय चरित्र पुरानै कायम रह्यो । रुप पक्षमात्र फेरियो । सबभन्दा गम्भीर विषय भनेको माओवादी पार्टीको मूल नेतृत्वकै वर्ग परिवर्तन हुन थाल्यो र दलाल तथा नोकरशाही पूँजीवादी वर्गमा यसको परिवर्तन हुनुले देशको राजनीति, अर्थनीति आदि सबैतिर गम्भीर प्रतिक्रान्ति शुरु भयो । मदन भण्डारीको रहस्यमय हत्यापछि एमाले नेतृत्व पंक्तिमा शुरु भएको जबजको जनपक्षीय सारहरुको क्रमिक परित्याग र वर्ग परिवर्तन गरी दलाल तथा नोकरशाही वर्गमा रुपान्तरण हुने क्रम यसै अवधिमा पूर्ण भयो । आज नेपालमा जे–जस्तो भइरहेको छ, यी नै घटनाक्रमका परिणामहरु हुन् ।
एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको एकलौटी बहुमत भएको सरकार बनेको दुई वर्ष पूरा भइसकेको छ । यस बीचमा सरकारले जनताको अपेक्षा र आफ्ना बाचाहरु पूरा गर्न पूर्णरुपमा असफल रहेको छ । इमान्दार कार्यकर्ताहरु र अत्यधिक बहुसंख्यक जनतामा निराशा र आक्रोश बढ्न थालेको छ । तर पार्टी र सरकारका ठूलावडाहरु आ–आफ्नो बाँसुरी बजाउन व्यस्त छन् ।
इतिहासको यस संकटमय घडीमा परिस्थितिले सबैका सामु केही यक्ष प्रश्नहरु गरिरहेको छ । के अब जनआन्दोलनहरु नेपालमा हुँदैनन् ? के जनताले अहिले वर्ग परिवर्तन गरेर जनविरोधी वर्गमा रुपान्तरण भएका कुनै जमानाका क्रान्तिकारी नेताहरुलाई त्यत्तिकै माफी दिएर सत्तामा राखिरहने हुन्छ ? के जनताले उनीहरुका चरम भ्रष्टाचार, आफन्तवाद, दलाल पूँजीवाद, नोकरशाही पूँजीवाद, राष्ट्रघात, लम्पसारवाद, धम्की आदि सधैँ सहेर बस्ने हुन्छ ? यसको सही उत्तर हो– नेपाली जनता फेरि पनि जनआन्दोलनमा उत्रनेछन् । यस बीचमा देखिएका निराशा र अकर्मन्यता चिरेर नयाँ जनआन्दोलनमा उत्रनेछन् । विश्वको पहिलो सफल कम्युनिष्ट क्रान्ति भएको देश रुसमा पनि जनविरोधी नामधारी कम्युनिष्ट सरकारका विरुद्ध नै वोल्सेविक क्रान्ति भएको इतिहास साक्षी छ । जनअपेक्षाअनुसार काम नगर्ने र उल्टै जनविरोधी काम गर्ने पूर्वी युरोपका नामधारी कम्युनिष्ट सरकारहरुलाई जनआन्दोलनहरुले ढालेको र कयौं कम्युनिष्ट नामधारी नेताहरुलाई जनताले मृत्युदण्ड दिएको घटना पनि इतिहासमा ताजै छ, भलै ती जनआन्दोलनहरुको नेतृत्व जनपक्षीय कम्युनिष्टहरुले गर्न नसक्नाले ती आन्दोलनहरु दक्षिणपन्थीहरुको हातमा गयो ।
अहिले नेपालमा नेपाली कांग्रेस, पूर्वएमाले, पूर्वमाओवादी सबै पार्टीका इमान्दार कार्यकर्ता र समर्थकहरुले गम्भीर भएर सोच्ने बेला आएको छ । आफ्ना नेताहरुको जनविरोधी वर्गमा रुपान्तरणका विरुद्ध वैचारिक र संगठनात्मक विद्रोह गर्न तयारी गर्नुपर्ने बेला आएको छ । जनयुद्ध शुरु भएको बेला जन्मेका बालबालिकाहरु अहिले २४ वर्ष पूरा भइसकेका जवान भएका छन् । नेपालका विशाल युवापंक्तिले विगत इतिहासबाट शिक्षा लिएर नयाँ जनपक्षीय गणतान्त्रिक सत्ता व्यवस्थाको लागि वैचारिक, संगठनात्मक र भौतिक तयारी गर्न थाल्नुपर्ने बेला आइसकेको छ । सबै नेता उस्तै, सबै पार्टी उस्तै, जति जोगी आए कानै चिरेका आदि भन्दै निराशामा डुब्ने छुट अब कसैलाई पनि छैन । के जति धोए पनि लुगा फेरि मैलो हुन्छ भन्दै लुगा धुनै छोड्नु सही काम हो ? के धुलो आइहाल्छ भनेर घर–आँगन बढार्न छोड्नु सही हो ? राजनीति र अर्थनीतिमा पनि जनपक्षीय दल र नेताहरु नै वर्ग परिवर्तन भएर जनविरोधी बन्न पुगे भन्दैमा पुनः अर्को जनआन्दोलन गरी नयाँ जनपक्षीय व्यवस्थाको स्थापना गर्ने प्रयास नै परित्याग गर्नु सही होइन । जसरी हामी सके दिनदिनै धुलो बढार्छौ, त्यसरी नै राजनीतिमा पनि निरन्तर आन्दोलन गरिरहनु पर्दछ । नयाँ पुराना जनविरोधीहरुका विरुद्ध वर्ष दिनमा स–साना आन्दोलनहरु, चार–पाँच वर्षमा मध्यमखाले आन्दोलनहरु र दश÷पन्ध्र वर्षमा ठूला जनआन्दोलनहरु गरिरहनु पर्दछ, अनि मात्र राजनीति र अर्थनीतिलाई सही जनपक्षीय दिशा दिन सकिने हुन्छ र देश तथा जनताको प्रगति तीव्र बन्छ ।
अहिले सबै दलहरुभित्रका इमान्दार कार्यकर्ता र समर्थकहरु तथा दलमा आवद्ध नभएका युवापंक्तिले निरन्तर खबरदारी गर्नुपर्छ । वर्तमान गणतान्त्रिक व्यवस्था रुपमा जनपक्षीय देखिए पनि यसको सार पक्ष जनविरोधी रहेकाले यसको विकल्प खोज्न पनि जनता तयार हुनुपर्छ । यसै व्यवस्थाभित्र सञ्चालकहरुमात्र फेरेर समस्या समाधान हुने छैन । मुठ्ठीभर दलाल तथा नोकरशाही पूँजीपति वर्ग तथा भ्रष्टहरुको हालीमुहाली भएको वर्तमान गणतन्त्रको विकल्प नयाँ जनपक्षीय गणतन्त्र हो । जनविरोधी भ्रष्टहरुको हालीमुहाली भएको वर्तमान व्यवस्थाको विकल्प नयाँ जनपक्षीय गणतन्त्र हो । जनविरोधी कम्युनिष्ट पार्टीको विकल्प जनपक्षीय कम्युनिष्ट पार्टी हो । अहिलेको व्यवस्था पनि खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था बनेका महसुस जनताले गरिरहेका छन् । सत्ताधारी दल पनि खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पार्टीमा परिवर्तन भएको महसुस जनताले गर्न थालेका छन् । यसमा आमूल परिवर्तन गर्न नयाँ जनपक्षीय गणतन्त्र र नयाँ जनपक्षीय कम्युनिष्ट पार्टी अनिवार्य बनेको छ ।
वर्तमान राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक आदि सबै व्यवस्थामा के–कस्तो परिवर्तनहरु आवश्यक छन् भनेर वृहत छलफल गर्न आवश्यक भइसकेको छ । त्यससँगै नयाँ जनपक्षीय गणतान्त्रिक व्यवस्थामा के कस्तो प्रणालीहरु लागू गर्ने भनेर बुँदागत रुपमा छलफल बहस आवश्यक भइसकेको छ । अहिलेको व्यवस्था अपरिवर्तनीय छ र यो नै सबभन्दा प्रजातान्त्रिक र जनपक्षीय व्यवस्था हो भन्ने भनाइ वर्ग परिवर्तन गरेका नेताहरुले फलाक्दै आइरहेका छन् । तर जनताको दैनिक अनुभवले वर्तमान व्यवस्था मुठ्ठीभर भ्रष्ट दलाल तथा नोकरशाही पूँजीपति वर्गको व्यवस्था हो भन्ने स्पष्ट भइरहेको छ । तसर्थ जनतालाई वर्तमान व्यवस्थाको विकल्पको रुपमा नयाँ जनपक्षीय गणतान्त्रिक व्यवस्थाको समग्र पक्षबारे सूसुचित गर्ने बेला आइसकेको छ । साथै यस नयाँ वैकल्पिक व्यवस्था स्थापना गर्नका लागि संयुक्त जनआन्दोलनको सही बाटोबारे पनि बहस छलफल चलाउनुपर्ने समय आइसकेको छ । नेपालको विगत आन्दोलनहरुको निरन्तरताको इतिहासले नेपाली जनता पुनः अर्को जनआन्दोलनको मैदानमा अवश्य पनि उत्रनेछन् भन्ने स्पष्ट संकेत गर्दछ ।

साभार : दृष्टि

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑