• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

खोकना तथा बुंगमतिका स्थानीय तथा गुठियारद्वारा सर्वोच्चमा मुद्दा दायर


सुभाय् संवाददाताFebruary 6, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / सम्पदाको नगर खोकना बुंगमती बासीले आफ्नो स्थानको सांस्कृतिक धार्मिक पहिचान सुरक्षाको निम्ति सर्वोच्च अदालतमा दुई मुद्दा  दायर गरेको छ ।   खोकना (खोनाः), बुङमती (बुङा) र विभिन्न सांस्कृतिक गुठीका ५२ जना सर्वसाधारणले बुङमती र खोकनामा सञ्चालित विभिन्न सात परियोजनाले ‘पुस्तौँदेखि बसोबास, खेती किसान गरी जीविकोपार्जन, व्यवसायबाट पूर्ण तथा आंशिकरूपमा विस्थापन गर्ने र सांस्कृतिक जीवनलाई तहसनहस पार्ने’ भन्दै माघ २१गते सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । लामो समयदेखि आफ्नो भूमि रक्षाका लगी र सम्पदा संरक्षणका लागि भनी आन्दोलन गर्दै आएका खोकना बुंगमतीका जनताले न्यायका लागि भन्दै सर्वोच्च अदालतमा गएका हुन । त्यसैगरि माघ २१ गतेकै दिनमा सो स्थानका बोसि खान्की गुथिका १३ जनाले अलग्गै मुद्दा पनि दायर गरेका छन् । गुथिको २८ रोपनी जग्गा फास्ट ट्रयाकमा परेका कारण धर्म संस्कृतिमा समेत ठूलो असर परेको उल्लेख गरि सो रित दायर गरेको हो । गुथिको तर्फवाट गुथियारहरुले दर्ता गरको मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको छ ।
५२ जनाले हालेको रिट निवेदनमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय, नेपाली सेना, नापी विभाग, नेपाल विद्युत् प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, वाग्मती सभ्यता विकास आयोजनासहित २९ वटा सरकारी तथा स्थानीय तहलाई विपक्षी बनाइएको छ ।
दुबै रिटबारे छलफल गर्न सर्वोच्च अदालतले माघ २२ गतेको लागि तारिख तोकेको छ ।
रिट निवेदनका निवेदकहरूले काठमाडौँ तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक), वाग्मती कोरिडोर, १३२ केभी उच्च भोल्ट विद्युत् प्रसारण लाइन, स्मार्ट सिटी, रेलवे परियोजना, वाग्मती फोहोर ट्रिटमेन्ट परियोजना (वाग्मती करिडोर ढल तथा सडक कृषि सडक, सुरुङ मार्ग (हेटौँडा–काठमाडौँ) र बाह्य चक्रपथले ‘सबै परियोजनाहरूले खोकना तथा बुङ्मती क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक, वातावरण, पर्यावरण तथा जैविक विविधतामा अत्यन्त गम्भीर असर पार्ने’ भएकोले अदालतसमक्ष उत्प्रेषण, परामदेशलगायत आवश्यक आज्ञा, आदेश वा पुर्जी जारी गर्न माग गरेका छन् ।
“यी आयोजनाहरू जनताको सहभागिता र परामर्श्विना नै अन्यायपूर्ण र गैरकानुनी ढङ्गले सञ्चालन गर्न लागिएको कारण स्थानीय जनताको प्रारम्भदेखि नै विरोध रही आएको थियो र छ । यस विषयमा प्रत्यर्थीहरूलाई पटक–पटक लिखित ज्ञापनपत्र, लिखित र मौखिक उजुरीसमेत दिइएको थियो । सोही आधारमा प्रत्यर्थीहरूसँग छलफल र वार्ता भई प्रेषित मागलाई मध्यनजर गरी तत्काल काम रोकेको अवस्था थियो । पटक–पटक भएका वार्ता र बैठक भए तापनि समस्याहरूबारे कुनै निष्कर्षमा पुगेको अवस्था छैन । न त विपक्षीहरूले समस्याको समधान गर्ने तत्परता नै देखाएका छन् । यसबाट कानुनको उल्लङ्घन गर्न विपक्षीहरू दृढ सङ्कल्पित देखिन्छन् ”, रिट निवेदनमा उल्लेख छ ।
रिट निवेदकहरूले खोकना र बोङामा सञ्चालनको लागि प्रस्तावित परियोजनाहरूले नेपालको संविधान, २०७२ ले प्रत्याभूत मौलिक हक, विधिको शासन, नेपाल पक्ष रहेको अन्तर्रा्ष्ट्रिय कानुनहरूले प्रदत्त मानव अधिकार तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजीर सिद्धान्तसमेतको उल्लङ्घन भएकोले नेपालको संविधान, २०७२ (यसपछि संविधान भनिएको) को धारा, १६, १७ (२) (ङ) (च), २५, २६, २७, ३२, ३७, २९० ४६, १३३(२) र (३) तथा आवासको अधिकारसम्बन्धी ऐन २०७५ को दफा (३), दफा (४), दफा (५), जग्गा प्राप्तिसम्बन्धी ऐन २०३४ को दफा ६, ९, ११, १४ ऐ. नियमावली २०२६ नियम ४ समेत विपरीत÷उल्लङ्घन हुन गएको र यस संस्कृति, सम्पदा तथा सभ्यतामा नै गम्भीर असर पर्ने सार्वजनिक हक र सरोकारको विषयसमेत भएको प्रकरण–प्रकरणमा खुलाई मौलिक तथा कानुनी हक संरक्षणको निम्ति निवेदन दिएको दायर रिटमा उल्लेख छ ।
परियोजनाहरूले संयुक्त राष्ट्र सङ्घीय आदिवासी जनताको अधिकारसम्बन्धी घोषणाको आधारसमेत उल्लङ्घन भएको उनीहरूको दाबी छ । सो धारामा आदिवासी जनताको सहमति कायम गरेरमात्र आदिवासी रहेका क्षेत्रमा सेना लैजान पाउने व्यवस्था छ ।
रिट निवेदनमा भनिएको छ,“परियोजनाहरूले १,५०० घरधुरीका १० हजार जनसङ्ख्यालाई पीडित बनाउने अवस्था विद्यमान छ । फास्ट ट्रयाकको जिरो प्वाइन्टको लागि करिब ३०० रोपनी जग्गाले पनि नपुगेर थप जग्गा सेनाले माग गरिरहेको अवस्थामा जग्गाको कति मुआब्जा र त्यसको कानुनी आधार के हुने कुनै उल्लिखित छैन । विकल्प हेर्नुपर्ने स्थानहरूमा हेरिएको छैन ।”

स्रोत:किर्तिअनलाइन

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑