• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

“महाराज” बेपत्ता भएपछि !


सुभाय् संवाददाताJanuary 31, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

चितवन/ जगतपुरको पशुपति मन्दिरका लागि नारायणगढमा हुँदै गरेको महायज्ञका प्रमुख वाचक ‘बालयोगेश्वर’ भनिने विजय भण्डारी व्यवस्थापनका काममा बढी खटिने गर्थे । महायज्ञका लागि सबैभन्दा खर्चिलो काम टेन्ट व्यवस्थापन र भव्य नौतले हवन कुण्ड बनाउन उनैले सम्झौता गरेका थिए ।

जगतपुर नयाँ बस्तीमा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले कात्तिक २८ मा भरतपुर महानगरपालिकासँग नारायणगढस्थित नारायणी नदी किनारको चौर पुस २० देखि उपलब्ध गराउन अनुरोध गरेका थिए । महानगरले ठाउँ दिएपछि कामका लागि विभिन्न निकायसँग सम्झौता गर्न विजय भण्डारी अग्रसर भए । पुस ९ मा मण्डप निर्माण तथा टेन्टको सम्झौता भएको छ । ३५ लाख रुपैयाँमा टेन्ट र हवन कुण्डको नौ तले मण्डप निर्माणको सम्झौता हुँदा पहिलो पक्षका मूल आयोजक समारोह समितिका तर्फबाट संकल्पकर्ता एवं प्रमुख वाचक उल्लेख गर्दै ‘बालयोगेश्वर महाराजश्री’ ले हस्ताक्षर गरेका छन् । नारायणगढको संगम टेन्ट हाउसले यो कामको जिम्मा लिएको थियो । ‘महाराज’ को टिम तीन महिनादेखि चितवनमा सक्रिय थियो । यज्ञ आयोजक मूल समितिको संयोजक लालबहादुर दवाडी हुन् । मण्डपसमेत बनेर सकिएका बेला पुस २२ मा आफू समितिको संयोजक भएको दवाडीले बताएका छन् ।महायज्ञबाट २५ करोड रुपैयाँ उठाएर पशुपति मन्दिर क्षेत्रलाई पर्यटकीय धाम बनाउने भनिएको छ । मन्दिर परिसरमा लालपुर्जा नबनेको तर फिल्डबुकमा कायम भएको अढाई बिघा र अन्य ऐलानी डेढ बिघा गरेर चार बिघाजति जमिन छ । मन्दिर क्षेत्रमा ‘महाराज’ का लागि आश्रमसमेत बनाउन समिति तयार भएको थियो । विभिन्न ठगी काण्डमा मुछिएको समाचार सार्वजनिक भएपछि अघिल्लो शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने भनिएको ‘महायज्ञ’ विवादमा परेको छ । उपराष्ट्रपति पुन उद्घाटन नगरी फर्किए । सुरुका दुई दिन यज्ञस्थलमा देखिएका भण्डारी त्यसपछि सम्पर्कविहीन छन् ।

आयोजक समितिले नयाँ वाचक ल्याएर प्रवचन सुरु गरेको छ । ‘महाराज’ ले सम्झौता गरेका आधारमा उधारोमा सामान दिएकाहरू भने अहिले आफूहरू डुबेको गुनासो गर्न थालेका छन् । महाराजले टेन्टको प्रबन्धदेखि खाने–बस्ने सबै व्यवस्था उधारोमा गरेका थिए । एक जना व्यवसायीका अनुसार ‘महाराज’ का लागि नारायणगढ बजार क्षेत्रबाट मात्रै सवा करोड रुपैयाँभन्दा बढीको उधारो गएको छ । व्यवसायीका अनुसार ‘महाराज’ ले पूर्वप्रधानमन्त्रीहरू, उपराष्ट्रपतिलगायतसँग आफ्नो सम्पर्क भएको बताउँथे । ‘धर्मका विषयमा धेरै शंका गर्न भएन, ठूलै महायज्ञ लगाउने भएपछि गडबड होला भनेर पहिल्यै के ख्याल राख्नु ? पैसा ढिला आए पनि धार्मिक क्षेत्रमा गरेको काममा हामी डुब्दैनौं भनेर उधारो दिएको हो,’ संगम टेन्ट हाउसका सञ्चालक कुरेस अहमदले भने, ‘यज्ञ लगाएपछि आर्जन होला भन्ने विश्वासले काम गरेका हौं । खर्च कसरी उठाउने हो तनाव भएको छ ।’ महाराजले यज्ञ सुरु हुनभन्दा अघि नै दिएको चेकसमेत बैंकबाट नसाटिएको व्यवसायीहरू बताउँछन् ।

आयोजकले बुधबारदेखि प्रमुख वाचकका रूपमा ईश्वर रेग्मीलाई ल्याएका छन् । बिहीबार दिउँसो यज्ञस्थल पुग्दा मध्याह्न विश्राम चलेको थियो । नौ तले हवन कुण्डको पूर्वी दिशामा बुद्ध सालिक आडमा नौ जना ब्राह्मणहरू गुनासो गर्दै बसेका थिए । भारत वृन्दावनमा संस्कृत पढ्दै गरेका विद्यार्थीलाई महिनाको ३० हजार रुपैयाँ तलब र पाँच हजार रुपैयाँ भाडा दिने भनेर झिकाइएको थियो । त्यहाँबाट ५० जनाजति ब्राह्मणहरू आएका थिए । १०८ हवन कुण्डमा हवन गर्नका लागि १२७ जनाजति ब्राह्मण तयार थिए । तर गुरु विवादमा परेर भक्तहरू आउन छाडेपछि आधाजसो ब्राह्मण फर्किसकेका छन् ।

कुण्डमा होम्ने चरु र समिदासमेत पाउन गाह्रो भएको ब्राह्मणहरूले दुखेसो गरे । हवनका लागि निम्त्याइएका कलिला ब्राह्मणले ती मुढा चिरेर समिदा बनाउने गरेका छन् । २ बजेबाट प्रमुख वाचक ईश्वर रेग्मीले कथा भन्ने भनिए पनि ३ बजेसम्म उनी आएका थिएनन् । यज्ञ स्थलमै भेटिएका पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुडासैनीले नयाँ व्यवस्थापनका साथ यज्ञ अगाडि बढ्ने र कसैको बिचल्ली नहुने दाबी गरे ।

साभार: कान्तिपुर अनलाइन

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑