• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / व्यक्तित्व

शिशुले देखेको साँचो सपना !


सुभाय् संवाददाताDecember 5, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

राजेन्द्र स्थापित

अमेरिकाको मिसिसिपी नदीकिनारमा अवस्थित हेनिबल गाउँ । सूर्योदयसँगै सबैजना आ–आफ्नो काममा लागे । गल्लीमा केटाकेटी होहल्ला गर्न थाले । अचानक बजेको सिठ्ठीको आवाजतिर सबैको ध्यान गयो । केटाकेटी नदीतर्फ भागे । त्यसदिन त्यहाँ एउटा पानीजहाज पुगेको रहेछ । सबै आश्चर्यले जहाजलाई हेर्न थाले । ती केटाकेटीको हुलमा थिए– सामुयल क्लिमेन्स ।
जहाजका कप्तान एउटा डुंगामा बसेर बाँसको सहयोगले पानीको गहिराई नाप्न थाले । एक स्थानमा त्यो बाँस गाडे । जहाज त्यही स्थानमा पुगेर रोकियो । बालक क्लिमेन्सले कप्तानको उक्त गतिविधि ध्यानपूर्वक नियालिरहे । कप्तान जहाजबाट ओर्लेर नदी किनारमा पुगेपछि क्लिमेन्सले रोके । र, जहाजतर्फ देखाउँदै सोधे, ‘यसलाई के भन्छन् ?’
कप्तानले भने, ‘पानीजहाज, यसमा बसेर तिमी यात्रा गर्न सक्छौ । यसमा राखेर सामान ढुवानी गर्न सकिन्छ ।’
क्लिमेन्सले पुनः प्रश्न गरे, ‘तपाईं बाँसले के नाप्दै हुनुहुन्थ्यो ?’
कप्तान, ‘पानीको गहिराइ । जहाँ पानीको गहिराइ दुई फैदम अर्थात् १२ फुटको हुन्छ, त्यहाँ जहाज रोक्न मिल्छ । हामी जुन ठाउँमा पानीको गहिराइ नाप्छौं र निशान बनाउँछौं, त्यो निशानलाई मार्क ट्वेन भन्छौं ।’
चुलबुले बालक क्लिमेन्सले पछि उपद्रवपूर्ण आफ्नै जीवनीमा आधारित उपन्यास लेखे, जुन विश्वप्रसिद्ध भयो । सामुयल क्लिमेन्सलाई त्यो बाँस र त्यसमा बनाइएको निशान ‘मार्क ट्वेन’ निकै चाखलाग्दो लाग्यो । उनले लेखेको उपन्यास थियो, ‘टाम सायर ।’ उनले उपन्यासकारमा सामुयल क्लिमेन्स राखेनन्, ‘मार्क ट्वेन’ राखे । विश्वप्रसिद्ध साहित्यमा मार्क ट्वेनको जन्म यसरी भयो । मार्क ट्वेन कालान्तरमा अंग्रेजी साहित्यकारको धरोहर बने । ‘टाम शायर’ विश्व बाल साहित्यका कालजयी उपन्यासमध्येकै एक हो । क्लिमेन्स बाल्यकालमा अत्यन्त उपद्र्याहा थिए । पढ्ने भनेपछि ज्वरो आउँथ्यो । १२ वर्षको हुँदा पिताको मृत्यु भयो । पढाइको साथै काम गर्न बाध्य भए । खानीमा मजदुरी गरे । २२ वर्षको उमेरमा पानीजहाजमा चालकको काम थाले । भर्जिनिया शहरबाट निस्कने पत्रिका ‘टेरिटोरियल इन्टरप्राइजेज’ को संवाददाता बने । पछि सम्पादक । हाँस्यव्यंग्यपूर्ण कथा लेख्न शुरु गरे । एकदिन बाल्यकालमा गरेको उपद्र्याहापूर्ण कामलाई विषयवस्तु बनाएर एउटा उपन्यास लेख्ने मनशाय बनाए र सिर्जना गरे ‘टाम सायर ।’ यो उपन्यास सन् १८७० मा प्रकाशन भएको हो । सन् १९६५ मा एउटा कथा प्रकाशित भएको थियो, ‘काला वरस काउन्टीमा उत्सव मनाएको भ्यागुता ।’ उनका रचनामा पहिलो सफलता चुमेको कथा हो यो । उनीद्वारा लिखित सबैभन्दा प्रसिद्ध पुस्तक ‘हुकलेबरी फिनको एडभेन्चर्स’ हो । हाँस्य साहित्यकारको रुपमा विश्वप्रसिद्ध बनेका उनका अन्य रचनामा ‘राजकुमार र कंगाल’, ‘भाग्य’, ‘विदेशका निर्दोष मान्छे’ आदि छन् । नोबल साहित्य पुरस्कार विजेता विलियम फल्कनर भन्छन्, ‘मार्क ट्वेन अमेरिकी साहित्यका पिता हुन् ।’
मार्क ट्वेनको बाल्यकाल हेनिबल गाउँमा बित्यो । सानै उमेरमा टाइपराइटर बने । पत्रकारिता गरे । व्यंग्य, गद्य, पद्य रचना गरे । भविष्यवाणी पनि गर्थे । उनी जन्मेको वर्ष सन् १८३५ मा पृथ्वीको नजिकबाट हैली धुमकेतु तीव्र गतिमा दौडेको सबैले देखेका थिए । प्रत्येक ७५–७६ वर्षमा पृथ्वीबाट देखिने यो धुमकेतुबारे जब बाल्यकालमै थाहा पाए, उनले भविष्यवाणी गरे, ‘धुमकेतु अबको पालि जब पृथ्वी नजिकबाट पुनः फर्कनेछ, उसले मलाई पनि आफूसँगै लैजानेछ ।’ नभन्दै धुमकेतु पुनः सन् १९१० मा पृथ्वीको नजिकबाट गुज्रियो । र, त्यसको भोलिपल्टै अप्रिल २१ मा उनको देहान्त भयो ।
मार्क ट्वेन सन् १८६७ मा केही साथीसँग होलिल्याण्ड घुम्न गए । एकदिन जहाज क्वाकर सिटीमा बस्यो । यात्रामा हिँडेका साथीमध्येका चाल्र्स लाङडोनले गफैगफमा आफ्नी बहिनीको फोटो देखाए । फोटो देख्नेबित्तिकै मार्क मोहित बने । यात्रा लामै थियो– साढे ५ महिनाको । स्वदेश फर्केपछि चाल्र्सले मार्कलाई घरमा खाना खान बोलाए । त्यसबेला चाल्र्सहरु न्युयोर्क शहरको इल्मिरामा बस्थे । त्यहीं ट्वेनले चाल्र्सकी बहिनी ओलिभियालाई सशरीर देखे । मार्क त्यहाँ केही दिन बसे र बसाइकै क्रममा बिहेको प्रस्ताव राखे । २२ वर्षीया ओलिभियाले आफूभन्दा १० वर्ष जेठा मार्कको प्रस्तावलाई ठाडै अस्वीकार गरिन् । ओलिभियाले पछि लेखिन्, ‘मलाई लागेको थियो, उनले मलाई माया गर्दैनन् । म इसाइ धर्मप्रति अटल विश्वास गर्थें तर उनी नास्तिक थिए, त्यसैले पनि हामीबीच तालमेल हुँदैन होला भन्ने ठानें ।’
तर मार्कले ओलिभियालाई बिर्सन सकेनन् । भेट्दै गरौं, पत्राचार गर्दै गरौं भने । केही दिनपछि अर्को भेट एउटा साहित्यिक कार्यक्रममा भयो । अंग्रेज लेखक चाल्र्सको साहित्यसम्बन्धी कार्यक्रम थियो त्यो । त्यसदिन दुवैले सँगै बसेर चाल्र्सको साहित्य र जीवनीबारे पढे, चर्चा गरे । यसभन्दा अगाडि नै मार्कले ओलिभियालाई प्रेमपत्र लेख्न थालिसकेका थिए र उनको हरेक पत्रमा ‘डियर लिभी (ओलिभियालाई बोलाइने नाउँ), म तिमीलाई औधी माया गर्छु, तिमी मेरो हृदयमा बसिसकेकी छ्यौ, म एकछिन पनि तिमीबिनाको जीवन कल्पना गर्न सक्दिनँ…’ जस्ता मायालु शब्द हुन्थ्यो । तर, त्यसदिनको भेटमा ओलिभियाले ‘अप्ठ्यारो नमान्नु’ भन्दै दाजुले बहिनीलाई लेख्ने खालको पत्र लेख्न अनुरोध गरिन् । मार्कले उक्त आग्रहलाई अन्यथा ठानेनन् तर मानेनन् पनि । भोलिपल्टै अर्को पत्र यसरी लेखे, ‘प्रिय लिभी, आज फेरि तिमीलाई पत्र लेख्दै छु । तिमी मलाई संसारकै प्रिय लाग्छ, तिमीलाई पाएर म गौरवको अनुभूति गर्छु, तिमीलाई आफ्नो कुरा राख्न पाउँदा स्वर्गीय आनन्दको अनुभव गर्छु । म आज धेरै कुरा लेख्न चाहन्नँ, बस् यतिमात्र भन्न चाहन्छु, आइ लभ यु । म तिमीलाई त्यसरी नै माया गर्न चाहन्छु, जसरी शीतले फूललाई, चराचुरुंगीले घामलाई र आमाहरुले आफ्नो पहिलो सन्तानलाई गर्छन् ।’ पत्रको तलपट्टि ‘नोट’ भनेर लेखे, ‘यो पत्र मेरो ठिटौलेपन, मुख्र्याइँपन र केटाकेटी स्वभावको नतिजा हो । के गर्ने, पत्र नलेखी निद्रा नलाग्ने भइसक्यो । यो पत्र च्यात्न, मिल्काउन चाहिन, त्यसैले पठाउँदैछु । बरु तिमीले पढिसकेपछि जलाइदेऊ । मलाई लाग्छ, मेरो लेखाइ अश्लील र चुत्थो श्रेणीको छैन । मनको भाव मात्र व्यक्त गरेको हुँ ।’
शुरुमा तिरस्कार गरेकी ओलिभियाले मार्कलाई विस्तारै मन पराउन थालिन् । किनभने १७ महिनामा मार्कको १ सय ८० वटा पत्र पढिसकेकी थिइन् । प्रेमपत्रमार्फतै मार्क ओलिभियाको हृदयमा स्थान पाउन सफल भए । ओलिभिया र मार्कलाई नजिक ल्याउन ओलिभियाका दाजु चाल्र्सले पनि अहं भूमिका निभाए । सन् १८६९ को फेबु्रअरी मा ओलिभिया र मार्कको इन्गेजमेन्ट र ठीक एक वर्षपछि सन् १८७० को फेबु्रअरीमा बिहे भयो । ओलिभिया धनी परिवारकी थिइन् । बाबु जेभिर्स लाङडोन कोइला व्यापारी । ओलिभिया उर्फ लिभी भने सानैदेखि अस्वस्थ हुने गर्थिन् । सानैमा हिउँमा चिप्लेटी खेल्दै गर्दा नराम्रोसित लडेर करिब दुई वर्ष ओछ्यान परिन् । फेरि पछि क्षयरोगले सतायो । जसको कारण जीवनभर उनको स्वास्थ्यमा समस्या रहिरह्यो ।
एक्ली र बिरामी भइरहने छोरीको बिहेमा जेभिसले मन फुकाएर खर्च गरे । छोरी र ज्वाइँको लागि न्युयोर्कको बफालोमा एउटा आलिशान बंगला किनेर दिए । नोकरचाकर र कर्मचारी राखिदिए । ज्वाइँ मार्क पत्रकारितामा रुचि राख्ने भएकाले उनको नाउँमा सस्तो ब्याजमा ऋण निकालिदिए । मार्कले त्यो पैसाबाट ‘दि इनोसेन्ट्स अब्रोड’ भन्ने प्रकाशन किने । गरिबीमा जन्मेर हुर्केका मार्कको जीवनस्तरमा एकाएक परिवर्तन आयो । नाम र दाम दुवै कमाए । शौखिन जीवन गुजार्न थाले तर मार्क र लिभिीको यो खुशी लामो समय टिकेन । ससुरा जेर्भिसको निधन पेटको क्यान्सरले भयो । मार्क र लिभीका पहिलो सन्तान महिना नपुग्दै जन्मेका कारण अस्वस्थ भइरहन्थ्यो । जन्मेको १९ महिनामै उसको मृत्यु भयो । मार्कले चलाएको प्रेसले शुरुमा सफलता दिलाए पनि बजारमा आएको नयाँ प्रविधिसँग प्रतिस्पर्धा गर्न नसकेपछि विस्तारै बजार खस्कियो । अन्त्यमा व्यापार बन्द भयो । घरबार बेचेर लिभीकी साथी इम्मा न्येको घरमा बस्न गए । इम्माको पनि असामयिक निधनपश्चात् हार्टफोर्ड पुगे । कोठा भाडामा लिएर बस्न थाले । त्यहाँका मानिस सामाजिक र पढेलेखेका भएकाले मार्कले आफ्नो लेखन र प्रवचनमार्फत राम्रै कमाउन र शौखिन जीवन गुजार्न थाले । सन् १८७४ मा घर किने, जुन घरमा उनीहरु सन् १८९१ सम्म बसे । यसबीच लिभी तीन छोरी ओलिभिया सुसान, क्लारा र जीनको आमा बनिसकेकी थिइन् ।
सन् १८९१ मा मार्क परिवारसहित युरोप पुगे । त्यहाँको प्रकाशनगृहमा भएभरको सम्पत्ति लगानी गरे । तर, लगानी नराम्रोसित डुब्यो । हाटफोर्डस्थित घर बेच्नुप¥यो । युरोपमा कहिले कता, कहिले कता अस्थायी बसोबास गर्दै दिन बिताए । सन् १८९४ मा मार्क औपचारिक तवरमै आफूलाई ‘टाट पल्टेको’ घोषणा गर्न विवश भए । ओलिभियालाई उनले ‘साहु’ घोषणा गरिदिए । आफ्नो लेखनको सम्पूर्ण सर्वाधिकार हस्तान्तरण गरिदिए, जसको कारण सडकको बास हुनुपरेन । सो समयमा संकटमा परेका लोग्नेलाई लिभीले आर्थिक सहयोग मात्र गरिनन्, मार्कद्वारा लिखित पुस्तक, लेख–रचना र प्रवचनपत्रको सम्पादनसमेत गरिदिइन् । मार्क भन्थे, ‘मेरी लिभी बुद्धिमत्ता, प्रज्ञापूर्ण र मिहिनेती पनि उत्तिकै थिइन् । मेरो लेखनको समालोचना गर्थिन् । उनको सहयोग नपाएको भए म सफल लेखक बन्ने नै थिइनँ ।’
सन् १८९५ र ९६ मा मार्कले देश–देशान्तर घुमेर प्रवचन दिए । यसबाट केही हदसम्म आर्थिक अवस्था सबल बन्यो तर अर्को वर्ष छोरी सुसानको असामयिक निधन भयो । परिवार स्वीट्जरल्याण्ड, अष्ट्रिया, लण्डन बसाइँ सर्दै हिँड्यो । स्वीडेन, जर्मनी, फ्रान्स, इटलीमा पनि । त्यसपछि बल्ल स्वदेश फर्के । न्युयोर्कको टेरिटाउनमा घर बनाएर बसे । त्यतिञ्जेलमा लिभीको स्वास्थ्य निकै नाजुक बनिसकेको थियो । लोग्नेसित बस्दाको समयमा निकै उत्साहित हुने गरेकीले चिकित्सकले केही समय अलग बस्न सुझाव दिए । तर पनि मार्क नियम तोडेर लिभीसँग भेट्न जान्थे, चुम्माचुम्मी गरेर बस्थे । भेट्न जान नसकेको दिन पत्र पठाउँथे । सन् १९०३ मा चिकित्सकले लिभीलाई न्यानो स्थान इटलीको फ्लोरेन्स लान भने । लिभीको निधन ५९ वर्षको उमेरमा त्यहीं भयो । करिब ३५ वर्ष सँगै बिताएका र जीवनभरि अन्य स्त्रीसँग सहकार्यसमेत नगरेका मार्क पत्नीको निधनबाट अत्यन्त मर्माहत भए । दुःखी जीवन जिउन थाले । त्यसबेलासम्ममा कान्छी छोरी जीनको पनि मृत्यु भइसकेको थियो । मार्क पत्नीको मृत्युपछि ‘इभस डायरी’ लेखनमा व्यस्त भए । लिभी बितेको ६ वर्षपछि ७५ वर्षको उमेरमा उनको पनि मृत्यु भयो । हाँस्य लघुकथा संग्रह ‘इभस डायरी’ को खेस्रा सन् १९०५ मा प्रकाशित भएको भए पनि पूर्ण र संशोधित प्रति उनको निधनपश्चात् मात्र छापियो ।(जन आस्था)

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑