• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 19, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

‘प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट हटाइयो ,अचानक पेटमा संक्रमण फैलिएपछि सघन उपचारमा थिए प्रधानमन्त्री


सुभाय् संवाददाताNovember 27, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

११ मंसिर, काठमाडौं । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि उनलाई भेन्टिलेटरबाट हटाइएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको हो । यसभन्दा अगाडी मंगलबारदेखि  उनको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पत्रकारहरूसँग भने, ‘हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको जुन भेन्टिलेटर थियो, त्यो पनि आज बिहान हटाइएको छ ।’
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
उक्त सेन्टरका प्रमुख डा. अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा सुधार आएको जानकारी दिनुहुँदै बिहान मात्र सँगै बसेर आएको बताउनु भयो । उहाँको स्वास्थ स्थितिमा सुधार भएपनि अहिलेसम्म मेडिकल टीमसँग मात्र भेट गर्ने अनुमति दिएको बताउँदै उहांँले भन्ननुुुभयो “आइसियुमा रहेको बिरामीलाई संक्रमण हुन सक्छ त्यसैले कसैलाई भेट्न अनुमति भने दिएका छैनौं ।”
चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।
मंगलबार बेलुकिसम्मको उहाँको स्वास्थ्यस्थितिबारे राष्ट्रिय दैनिक नयाँ पत्रीकाले यसरी खबर छापेको थियो ।
प्रधानमन्त्री ओलीको एपेन्डिक्स फुटेको होइन, बरु एपेन्डिक्स र त्यो वरिपरिको क्षेत्रमा संक्रमण फैलिएको हो, यसलाई पेरिटोनाइटिस भनिन्छ
परम्परागत पद्धतिबाट पेट चिरेर ओलीको अप्रेसन गरियो, एपेन्डिक्स काटेर फालिएको छ, त्यसवरिपरिको क्षेत्र ‘वास’ अर्थात् सफा गरिएको छ
 
मिर्गौला रोगको उपचार गराइरहेका प्रधानमन्त्री केपी ओलीलाई पेटमा पनि समस्या भएको छ । अचानक पेटमा संक्रमण फैलिएपछि मंगलबार दिउँसो अप्रेसन गरिएको थियो भने राति पनि भेन्टिलेटरमा राखिएको छ । बुधबार बिहान थप स्वास्थ्य परीक्षण गरेपछि उनको स्वास्थ्य अवस्थाबारे यकिन जानकारी दिन सक्ने डाक्टरहरूले बताएका छन् ।
आइतबार डायलाइसिस गरेका प्रधानमन्त्री ओली सोमबार दिनभरि व्यस्त थिए । सम्पूर्ण मन्त्रालयको चौमासिक प्रगति समीक्षा गर्ने एजेन्डामा अपराह्न ४ बजे सुरु भएको मन्त्रिपरिषद् बैठक राति ९ बजेसम्म चलेको थियो । प्रधानमन्त्रीले बैठकमा सक्रिय सहभागिता जनाउँदै आयोजना चाँडै नसक्ने ठेकेदारलाई थप ठेक्का नदिन, कृषि अनुदानका नाममा बाँडिएको रकमको विवरण १५ दिनभित्र ल्याउन, युवा स्वरोजगारका नाममा भएको खर्चको विवरण १५ दिनभित्र ल्याउन, काठमाडौंका खाल्डा फागुनसम्म पुर्न निर्देशन दिएका थिए । अहिले घोडा एकातिर, बग्गी अर्कोतिर भएको भन्दै चिन्ता व्यक्त गर्दै ओलीले सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट परिचालन गर्न सरकारी संयन्त्रलाई कडा निर्देशन दिएका थिए ।
मंगलबार पनि प्रधानमन्त्रीको व्यस्त कार्यसूची थियो । आइतबार काठमाडौंमा उद्घाटन हुने दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडीलाई प्रज्ञा भवनमा सम्बोधन गर्ने र दशरथ रंगशालाको निरीक्षण गर्ने कार्यक्रम थियो । सरकारका तर्फबाट उनले खेलाडीलाई ‘सरप्राइज’ प्याकेज घोषणा गर्ने तयारी पनि थियो । प्रधानमन्त्रीको सम्बोधनलाई महत्वपूर्ण मानेर पोखरा र जनकपुरमा बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई मंगलबार बिहानै काठमाडौं झिकाइएको थियो ।
तर, बिहान ७ बजेदेखि प्रधानमन्त्री ओलीको पेट दुख्न थालेको थियो । दुखाइ बढ्दै गएर सहनै नसक्ने भएपछि ९ बजे उनलाई शिक्षण अस्पताल हातामा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो । यो अस्पतालमा पेटको उपचार हुँदैन । तर, शिक्षण अस्पतालमा भन्दा यहाँको आइसियू आधुनिक र व्यवस्थित भएकाले अन्य समस्या हुँदा पनि ओलीलाई यही सेन्टरमा लग्ने गरिएको छ ।
प्रारम्भिक परीक्षणमा उनलाई एपेन्डिसाइटिस भएको अनुमान गरिएको थियो । रगत र पिसाब जाँच तथा एक्सरे र भिडियो एक्सरे परीक्षणपछि डाक्टरहरू निष्कर्षमा पुगे– प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस होइन, पेरिटोनाइटिस भएको हो । प्रधानमन्त्रीको उपचारमा संलग्न एक डाक्टरले नयाँ पत्रिकासँग भने, ‘एपेन्डिक्समा संक्रमण भएमा एपेन्डिसाइटिस भनिन्छ, तर एपेन्डिक्स मात्र होइन, त्यो वरिपरिको भाग र आन्द्रामा समेत संक्रमण पैmलिएमा पेरिटोनाइटिस भनिन्छ । यो भनेको निश्चित अंग मात्र नभएर पेटको फराकिलो क्षेत्रमा संक्रमण फैलिएको हो ।’
प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका हुन् । तर, सो मिर्गौलाले पनि अब काम गर्न छाडेकाले पुनः मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । अहिले अस्थायी रूपमा उनले डायलाइसिस गराइरहेका छन् । तर, मिर्गौला र प्रधानमन्त्रीलाई अहिले भएको समस्याका बीचमा कुनै साइनो नभएको डाक्टरहरूको भनाइ छ । ‘एपेन्डिसाइटिस वा पेरिटोनाइटिस अचानक जोसुकैलाई पनि हुन सक्छ । सबै अंग स्वस्थ भएका व्यक्तिलाई पनि यो समस्या हुन सक्छ । त्यसैले उहाँको मिर्गौलाको रोग र अहिलेको समस्याबीचमा कुनै सम्बन्ध छैन,’ उनका एक डाक्टरले भने ।
ओलीको एपेन्डिक्स फुटेको भनेर आएको समाचारलाई डाक्टरले निराधार भनेका छन् । ‘एपेन्डिक्स फुटेको होइन, संक्रमित भएको हो । त्यो संक्रमण पेटमा पनि फैलिएको हो । तर, यसरी संक्रमण फैलिनु कम जोखिमयुक्त होइन । त्यसैले तत्कालै अप्रेसन गरिएको हो,’ उनले भने । उनका अनुसार अन्य बिरामीको भन्दा प्रधानमन्त्रीको यो समस्या छिटो पहिचान भएको हो । किनकि, अंग प्रत्यारोपण गरिएका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।
शरीरमा केही गडबड हुनासाथ लक्षण छिटो देखापर्छ । शरीरले थेग्न सक्दैन र छिटो प्रतिक्रिया जनाउँछ । त्यसैले प्रधानमन्त्रीलाई पेरिटोनाइटिस भएको पनि छिटो पत्ता लागेको हो । डाक्टरले भने, ‘उहाँको शरीरले पनि छिटो प्रतिक्रिया जनायो, छिट्टै नै पीडा असह्य भयो । त्यसैले पेट दुखेको दुई घन्टाभित्र उहाँलाई अस्पताल ल्याइएको छ, अस्पताल ल्याएको दुई घन्टाभित्र अप्रेसन गरिएको छ ।’
बिहान ११ बज्दानबज्दै अप्रेसन सुरु गरिएको थियो । एपेन्डिक्स मात्रै भएको भए भुँडीमा प्वाल बनाएर दूरबिनको माध्यमबाट अप्रेसन गर्न सकिन्छ । तर, प्रधानमन्त्री ओलीलाई पेरिटोनाइटिस भएको हो । अर्थात् संक्रमण धेरैतिर फैलिएको थियो । त्यसैले ल्याप्रोस्कोपी प्रविधिबाट प्वाल बनाउनुको सट्टा ल्यापाराटोमी प्रविधिबाट परम्परागत रूपमा पेट चिरेर अप्रेसन गरिएको थियो । यसका लागि उनलाई ‘एनेस्थेसिया’ दिएर पूर्ण रूपमा बेहोस बनाइएको थियो । ‘पेटमा संक्रमण कति पैmलिएको छ भन्ने यकिन थिएन, त्यसैले सम्पूर्ण रूपमा हेर्नका लागि परम्परागत प्रविधि प्रयोग गरियो । संक्रमण भएको एपेन्डिक्स निकालियो, वरिपरिको संक्रमण पनि ‘वास’ गरियो अर्थात् पखालियो । करिब ४५ मिनेटमा यो प्रक्रिया सकियो,’ डाक्टरले भने ।
अप्रेसन गरिएकाले उनलाई एन्टिबायोटिक औषधि चलाइएको छ । यो औषधिले उनको अप्रेसन गरिएको घाउ निको हुने मात्र होइन, पेरिटोनाइटिसका रूपमा पेटमा फैलिएको संक्रमण पनि नियन्त्रण गर्ने डाक्टरहरूको अपेक्षा छ । तर, प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले सुधार कसरी हुन्छ भन्ने विषयमा डाक्टरहरूले यकिन दाबी गर्न सकेका छैनन् ।
अप्रेसनपछि अपेक्षित समयमै उनलाई होस आएको थियो । तर, मध्यरातसम्म पनि उनलाई भेन्टिलेटरमा राखिएको छ । त्यसैले उनले बोलेर कुरा गर्न पाएका छैनन् । ‘मुखमा मास्क लगाइएको छ, त्यसैले उहाँले बोल्न मिल्दैन । तर, इसाराले कुरा गर्नुभएको छ । मास्क हटाइदिनूस् भनेर अनुरोध गर्नुभएको थियो । तर, हामीले हटाएका छैनौँ,’ डाक्टरले भने, ‘उहाँलाई सजिलो होस् भनेर भेन्टिलेटरमा राखिएको हो । अपर्झट केही पर्न सक्छ भनेर अरू बिरामीको मास्क पनि रातमा निकाल्ने अभ्यास हुँदैन ।’ प्रधानमन्त्रीलाई सामान्य भेन्टिलेटरमा राखे हुने अवस्था भए पनि जोखिम घटाउन इलेक्ट्रोनिक भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ ।
मध्यरातसम्म प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ । ‘यो भनेको थप बिग्रिएको छैन भनिएको हो, सुधारका लागि त प्रतीक्षा नै गर्नुपर्छ, तर रातिसम्म उहाँको ब्लडप्रेसर नियन्त्रणमा छ, पिसाब ठीक छ र अन्य सूचक पनि ठीक छन्,’ डाक्टरले भने, ‘बुधबार बिहान रगत, पिसाबसहित स्वास्थ्य जाँच हुनेछ । संक्रमण नियन्त्रण भयो कि भएन भनेर त्यसपछि मात्र यकिन हुनेछ । यो संक्रमण निको भएमा प्रधानमन्त्रीले आराम गरे पुग्छ, मिर्गौला प्रत्यारोपण गर्न कुनै समस्या हुँदैन ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑