• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

योद्धा र आन्दोलनको अवसान


सुभाय् संवाददाताNovember 5, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नरेन्द्रजंग पिटर
हिजो मात्रै पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । हरेक मानिससँग केही न केही कमजोरी हुन्छन् । जो व्यक्ति जति उचाइमा हुन्छ, उसका सामाजिक मर्यादा र दायित्व पनि सोहीअनुसार हुन्छन् । दुस्मन र विरोधी पनि त्यही स्तरका हुन्छन् । शक्तिशाली चतुरे त्यसलाई छिपाउन कोसिस गर्छन् । छिपेका कुरा सधैँ लुकाइरहन भने सकिँदैन । नायक बनाउन युगले मूल्य भुक्तानी गरेको हुन्छ । जब नायकले व्यक्तित्व बनाउँछ, व्यक्तित्व रक्षा गर्न सकेन भने उसले गरेका त्याग, खेलेका भूमिका व्यर्थ हुन्छन् । आन्दोलन, विद्रोह र क्रान्तिमाथि त्यही बहानामा नै प्रश्न उठ्छ । महरा प्रकरणले पनि यही सन्देश दिन्छ ।
वैदिक आख्यान रामायणको एउटा प्रसंग उद्धरण गरौँ । रावणको काल कहाँ लुकेको छ भन्ने रहस्य मन्दोदरीलाई मात्र थाहा छ भन्नेमा सत्तामोही विभीषण जानकार थिए । त्यो रहस्य बहुरूपिया हनुमानले मन्दोदरीबाट फुत्काए । नाभीमा काल थाहा पाएर रावणमाथि प्रहार भयो । दुस्मनको कमजोरी र छिद्र पत्ता लगाउनु युद्ध जित्ने ठूलो अस्त्र हो । शक्तिले मैमत्त अथवा आशक्ति बढेपछि हरेक कुल, वंश, पार्टीमा यदुवंशी निक्लिनु स्वाभाविक हुन्छ । वैदिक साहित्य, आधुनिक राजनीति र युद्धमा विषकन्या प्रयोग पनि सामान्य कुरा हो ।
महरासँगको सम्बन्ध
महरासँग पंक्तिकारको पहिलो भेट चितवन नेकपा (मशाल)को एउटा भूमिगत कार्यक्रममा २०४४मा भएको थियो । लामो संगतमा न त रसिक कुरा हुन्थे, न त रसपान सँगै भयो । त्यसपछिका दिनमा प्रत्यक्ष्य र परोक्ष सम्बन्ध रहँदै गए । जनयुद्ध र शान्तिवार्तामा झाँगियो । पहिलो गणतान्त्रिक सरकारमा उनी सञ्चारमन्त्री भएपछि अझ नजिकियो । नेपालमा सल्लाहकार नामक अति सुविधाजनक एउटा पद हुन्छ । न कुनै सल्लाह दिनुपर्ने, न लिइने । हरेक कार्यकारीलाई जस्तै उनलाई पनि सल्लाहको आवश्यकता पर्दैनथ्यो ।
बाह्य कारण कम र आफ्नै पार्टीका भित्रका यदुवंशीका कारणले प्रधानसेनापति रुक्मांगत कटुवाल प्रकरणमा प्रचण्ड सरकार गिर्‍यो । शान्तियुद्धको भीषण टकराहटमा पार्टीभित्रका वैचारिकी र संगठात्मक समस्या व्यवस्थापन हुन सकेनन् । हरेक क्षेत्रमा महत्वाकांक्षी रहेका थिए । पार्टीभित्र अन्तरविरोध भुसको आगो दन्किरहेको समय सबैले महरालाई आफ्नो पक्षमा तान्ने कोसिस गर्थे । उनको मध्यमार्गी भूमिका कूटनीतिक चाल थियो कि उनी मौका कुरिरहेका थिए ? सञ्चार मन्त्रालय पार्टीभित्र प्रतिपक्षकै एउटा केन्द्र थियो । यस्तो किन भएको थियो खुट्याउन सक्दिनथेँ ।
जब–जब उनी विवादित हुन्थे, तब मात्र उनको निजी निवासमा पाँचपटकसम्म पुगेको रहेछु । विषय थिए– चाइनिज टेप प्रकरण, क्रिस्चियन बनेका हल्ला, पार्टीभित्रका विवाद र प्रकाशोन्मुख आफ्नै पुस्तकबारे छलफलमा । संवेदनशील राजनीतिक भूगोल र जनयुद्धमा प्रचण्डनजिक, तर शान्तियुद्धको पोस्टर लिडर भएकाले विरोधी र दुस्मनको सञ्चार निगरानीमा उनी थिए । सावधानी अपनाउन सल्लाह दिइन्थ्यो । उनी व्यक्तिबाट व्यक्तित्वमा उठिसकेकाले मनोयुद्धको टार्गेटमा पर्ने नै भए । उनको चीनप्रतिको झुकाउका कारण पनि उनी कतिपयका तारो थिए । आन्दोलन सक्न पहिले नेतृत्वलाई सक्नुपथ्र्यो । बिलासितामा फसाउनु, भ्रष्टाचारमा जकड्याउनु, विगतका आदर्शका मलामी बनाउनु, परिवारवादमा फसाउनु, वासनामा होम्नु मनोयुद्धका औजार हुन् । आफैँ दरबिलो भए कसको के लाग्थ्यो र ?
सरकारी नेकपा बन्नु धेरैअघि अर्थात् माओवादी केन्द्रमा फिट हुन नसकेपछि ४ वर्षदेखि पार्टी र उनीसँग सम्बन्ध रहेन । अहिले भने आफैँलाई आक्रमणको अंश उनले दिए । उनी आफ्नो र जनयुद्धको गरिमा रक्षासमेत गर्न चुके । अदालती प्रक्रियाबाट निर्दोष नै साबित भए भने पनि जनयुद्वका एक शिखर पुरुषको राजनीतिक र सामाजिक प्रतिष्ठाको भर्ताल हुन भने गाह्रो हुनेछ । उनका विरुद्धमा खनिने पनि नारी अस्मिता, पदीय नैतिकता पक्षधर मात्रै छन् त ? महरा निउँको सक्रियता र बहसभित्र जनयुद्ध र संविधानमाथि नै धावा त बोलिँदै छैन ?
मनोयुद्धको माओवादी
कमजोर थलोमै दुस्मनको आक्रमण हुन्छ । छद्मयुद्धमा विपक्षका नाडी छाम्ने अनेकौँ तरिका हुन्छन् । मानिस पनि जीववैज्ञानिक रूपमा यौनमा एकनिष्ठ (मोनोगामी) नभई बहुनिष्ठ (पोलीगामी) प्राणी हो । यसलाई चेतना, आदर्श र अरूले के भन्ला भन्ने सामाजिक मर्यादाले मात्र संयमता र व्यवस्थापन गर्छ । जो व्यक्तिको उचाइ जति ठूलो हुँदै जान्छ त्यति नै उसका प्रतिस्प्रधी, विरोधी र दुस्मनको औकात पनि सोही स्तरको हुन्छ । कुनै पनि घटना परिणाममा नदेखियून्जेल सबै कमजोरी पर्दाभित्र हुन्छन् । अक्करमा ठक्कर दिने दुस्मनले त्यही मौका कुरिरहेको हुन्छ । जय र पराजयबीचमा एक नीमेषको फरक मात्र हुन्छ । ख्याउटे चन्द्रशमशेर पूरै शरीर पटुका बेरेर ओभरकोट लगाउँदै आफूलाई बलियो हट्टाकट्टा देखाउँथे । चतुरहरूले विरोधी र प्रतिस्पर्धीलाई कहिल्यै छिद्र दिँदैनन् । तर, महरा चुके ।
माओवादीभित्र शान्तियुद्धमा टुटेका सम्बन्ध, आकांक्षा र चरित्र जोडिन पुगे । युद्धको राप र तापका कारण शक्तिले मैमत्त भएको समूह उपभोक्तावादको भूमरीमा फस्दै गयो । आदर्श भने गहना बन्दै थिए । जे र जसको विरुद्ध जीवन होमिएको थियो, त्यसले नै समग्रमा गाँज्दै थियो । अंशमा टेकेर समग्रमा आक्रमण मनोयुद्धको भीषण संर्घष हो । शान्तिकालमा अझ वैचारिक टकराहट घनीभूत भए । मूलपात्र परिवारवाद र अर्थोपार्जनमा फसेपछि दुस्मन र आग्रहीलाई शीर्षक बन्ने नै भयो । राजनीतिलाई सामाजिकीकरण र संस्कृतिकरण गर्न नसक्दा वैचारिक स्खलनसँगै नारा पनि अपहरणमा परे । पराजित शक्तिले अंशमा खेलेर समग्रतालाई नै बीभत्सीकरण गर्नु स्वाभाविकै हुन्थ्यो ।
महरा आफ्नो र जनयुद्धको गरिमा रक्षासमेत गर्न चुके । अदालती प्रक्रियाबाट निर्दोष नै साबित भए भने पनि जनयुद्वका एक शिखर पुरुषको राजनीतिक र सामाजिक प्रतिष्ठाको भर्पाइ हुन भने गाह्रो हुनेछ ।
मोर्चा फेरिएपछि युद्धको अग्रमोर्चा पनि फेरिन आवश्यक थियो । त्यसमा योजनाहीन शान्तिप्रक्रियामा आएको पार्टीले ध्यान दिएन । जैविक बुद्धिजीवीवर्ग रूपान्तरणले गर्दा मनोयुद्धका सिपाही बन्न सकेनन् । आन्दोलन र पार्टीको आफ्नै आदर्श र संस्कृति रहेसम्म सिद्धान्तको राजनीति र स्वअनुशासन हुन्छ । सुविधाको राजनीतिमा फेरिएपछि शक्ति र पदको दम्भले आलोचना काउसो बन्छन् ।
क्रान्ति र विद्रोहपछि कुण्ठाग्रस्त बुद्धिजीवी तप्का बजारमा सबैभन्दा बिकाउ हुन्छ । त्यसले कचरा पैदा गर्छ । विभिन्न रूपमा वर्गसंर्घषको भीषण टकराहट हुन्छ नै । आग्रह, भ्रम, आवेग र अन्धविश्वासले हरेक घटनापछिका कार्य, कारणसँग जोडेर परिणाम भने खोतल्दैन । धारणा विश्वास, आग्रह र सोच्ने तरिकामा भर । विश्वासमाथिको संकट पैदा गर्न पहिला भ्रमको पर्दा लगाउनुपर्छ । गम्भीर विषयलाई मोड्न अर्को ठूलो विषय हालिदिनुपर्छ ।
गम्भीर विषय र मुद्दाले सत्ता र सरकारको काँध थाम्न नसक्ने अवस्थामा पुगिसकेका वेला त्यताबाट बहस मोड्न सामान्य कुरा अघि सारिन्छन् । महरामाथि लामो दिनदेखि धराप थापिएको थियो । राष्ट्रिय बहसमा उत्तेजनात्मक, भावनात्मक व्यक्तिगत विषय अघि सार्न पाइने महराको केस अहिले सत्ताका लागि सेफ्टी भल्भ बन्न पुग्यो । महरा बहसलाई विशुद्ध यौन कमजोरीको रूपमा मात्र लिन मिल्दैन, उनको सत्ता अहंकारको अव्यवस्थित जीवन भने पक्कै हो ।
यस प्रकरणमा महरामाथि मात्र तरबार चलाइएन, उनलाइ ढाल बनाएर जनयुद्धमाथि नै प्रहार भएको छ । उनको नैतिकतालाई देखाउँदै जनयुद्धकै औचित्यमाथि प्रश्न उठाइँदै छ । संसारको सबैभन्दा ठूलो दुर्घटना विश्वासको दुर्घटना हो । शीर्षक त महरा बने, तर समग्र लक्ष्य भनेको जनयुद्धलाई राजनीतिक रूपमा ध्वस्त बनाउने र आन्दोलनलाई बीभत्सीकरण गर्नु हो । पूर्वमाओवादी वा माओवादीको नाममा राजनीतिक स्थान बनाएकाले बुझ्नुपर्छ, भविष्यमा भिन्न–भिन्न रूपले महराभन्दा पनि अझ भयानक परिस्थिति अरूको पनि
हुन सक्छ।
source : nayapatrikadaily

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑