• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे यथार्थ जानकारी लुकाउने प्रयास !


सुभाय् संवाददाताOctober 30, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट


काठमाडौँ/स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं टोखारोडस्स्थित ग्राण्डी हस्पिटलमा भर्ना गरिएका प्रधानमन्त्री केपी ओलिको स्वास्थ्य स्थिती बारे उहाँको उपचारमा संलग्न चिकित्सकहरुले उहाँ नियमित चेकजाँचको लागि हस्पिटल भर्ना भएको र आज कातिक १४ गते विहिबारसम्ममा उहाँलाई डिस्चार्ज गरिने कुरा उल्लेख गरेर उहाँको स्वास्थ्यस्थिति बारे जानकारी बाहिर ल्याएको छ ।ग्राडी हस्पितलका नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट बिभागका प्रमुख डा दिव्या सिंह शाह र मेडिकल डाइरेक्टर चक्रराज पाण्डेको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा प्रधानमन्त्री ओलिको स्वास्थ्य स्थिती बारे उक्त कुरा उल्लेख गरिएको छ ।
तर कान्तिपुर अनलाईनले उहाँको स्वास्थ्यस्थित बारे स्वास्थ्य अवस्था बारे यथार्थ जानकारी लुकाउने प्रयास गरेको र उहाँको ‘डायलाइसिस’ गरिएको भनी समाचार प्रकाशन गरेको छ । साथै अनलाईन खबरले पनि उहाँको ‘डायलाइसिस’ गरिएको र केहि दिन हस्पिटलमै बसी उपचार गराउनुपर्ने खबर प्रकाशन गरेको थियो ।
उसले लेखेको छ ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ ।भर्ना भएकै दिन अर्थात बुधबार साँझ नै डायलासिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको स्रोतले बताएको छ ।
यसैगरी कान्तिपुरको अनलाईन संस्करणले प्रधानमन्त्री ओलीको ‘डायलाइसिस’ गरियो, स्वास्थ्य अवस्था बारे यथार्थ जानकारी लुकाउने प्रयास  भन्ने सिर्षकमा समाचार प्रकाशन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो ।
प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ । ‘उहाँको स्वास्थ्यस्थिति सामान्य छ । सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
अस्पताल प्रशासनले प्रधानमन्त्रीका विषयमा औपचारिक जानकारी दिन चाहेको छैन । ‘अस्पतालको निर्देशकका रूपमा मेरो पहिलो काम भनेको बिरामीको उपचार हो । प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा जानकारी दिन आग्रह नगरेसम्म मैले केही पनि भन्न मिल्दैन । मेरो बाध्यता बुझिदिनुस्,’ निर्देशक पाण्डेले भने ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ९ बजे अस्पताल लगिएको बताए । ‘उहाँ नियमित परीक्षणका लागि अस्पताल जानुभएको हो । परीक्षणको रिपोर्ट आएपछि बालुवाटार फर्कनुहुन्छ,’ उनले भने ।
तर ग्रान्डीकै केही चिकित्सकले यसलाई नियमित फलोअप भन्न नसकिने टिप्पणी गरे । ‘यो नियमित फलोअप होइन,’ एक चिकित्सकले भने, ‘स्वास्थ्य समस्याका लागि विशेष परीक्षण, उपचार प्रक्रियाको क्षमतायुक्त अस्पताल नै पुर्‍याउनुपर्ने बाध्यताले उहाँलाई ल्याइएको हो ।’ उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यस्थिति, उपचार आदिबारे अन्य चिकित्सक, पदाधिकारीलाई समेत सूचना दिइएको छैन । निजी चिकित्सक शाह र अर्का चिकित्सक दिलीप शर्मालाई मात्र रिपोर्ट हेर्न दिइएको छ ।
प्रधानमन्त्री भदौ ५ गते उपचारका लागि सिंगापुर प्रस्थान गर्नुपूर्व शाहले प्रेस नोट जारी गर्दै तत्कालीन स्वास्थ्यस्थिति र उपचार प्रक्रियाबारे जानकारी गराएकी थिइन् । उक्त जानकारीअनुसार प्रधानमन्त्रीको पहिलो पटक साउन १८ देखि २७ सम्म नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा स्वास्थ्य परीक्षण गरिएको र उनको शरीरमा ‘एन्टीबडी’को मात्रा धेरै देखिएको थियो । त्यसलाई निराकरण गर्न प्लाज्माफेरेसिस प्रक्रियालाई निरन्तरता दिनुपर्ने भएकाले दोस्रो पटक पनि सिंगापुर जान लागिएको बताइएको थियो । प्रधानमन्त्री दोस्रो पटक सिंगापुरबाट भदौ २० गते फर्किएका थिए ।
‘एन्टीबडी’ भनेको शरीरलाई बाहिरी तत्त्वबाट जोगाउन उत्पादन गरिने एक प्रकारको लडाकु कोष हो । चिकित्सकका अनुसार १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको शरीरमा एन्टीबडी घटाउन प्लाज्माफेरेसिस गरिनु सामान्य प्रक्रिया नै थियो । प्लाज्माफेरेसिस पद्धतिमा शरीरबाट रगतलाई नलीको माध्यमबाट ‘एफेरेसिस’ मेसिनमा पठाइन्छ । मेसिनले धेरै मात्रामा रहेको एन्टीबडी निकालेर रगत पुनः शरीरमै पठाउँछ । एन्टीबडी फेरि बढ्न नदिन केही औषधि दिइन्छ । त्यो औषधिले राम्रो काम गरे तत्काललाई मिर्गौला प्रत्यारोपण गर्नुपर्दैन । तर, एन्टीबडी उत्पादन नियन्त्रण नभए प्रत्यारोपणको विकल्प हुँदैन । उक्त औषधिले कहिलेकाहीँ सकारात्मक असर देखाउँछ भने कहिले थप जटिलता पनि निम्त्याउन सक्ने चिकित्सकको भनाइ छ ।
‘अहिले प्रधानमन्त्रीको स्वस्थ्य अवस्था के छ भनेर आकलन मात्र गर्न सक्छौं । उपचारमा प्रत्यक्ष संलग्न चिकित्सकले औपचारिक रूपमा नभनेसम्म केही पनि भन्न मिल्दैन,’ एक विज्ञ चिकित्सकले भने, ‘तर डायलाइसिस नै गर्न थालिएको हो भने उहाँको शरीरले डोनरबाट प्राप्त मिर्गौला अस्वीकार गर्न थाल्यो कि भन्ने नै हो । मिर्गौला प्रत्यारोपण गरिएका बिरामीमा ११–१२ वर्षपछि यस्तो समस्या देखिनु सामान्य नै हो ।’
विज्ञका अनुसार कहिलेकाहीं सामान्य मानिसलाई पनि विभिन्न संक्रमणका कारण डायलाइसिस गर्नुपर्ने हुन सक्छ ।
प्रधानमन्त्रीलाई पहिलो पटक सिंगापुर लगिनुअघि साउन १० गते शुक्रबार सैनिक अस्पताल छाउनीमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो । त्यही रिपोर्टका आधारमा उनलाई सिंगापुर लैजाने निर्णय भएको थियो ।
रेनल बायोप्सीमा प्रत्यारोपित मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गरिन्छ । यसको परीक्षण मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिए पनि गरिन्छ ।
ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचारपछि निको भएका उनी त्यसपछि नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए । गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिनअघि पनि बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑