• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

तिहार अर्थात् प्रकृतिपूजा


सुभाय् संवाददाताOctober 28, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द पोखरेल
तिहार भनेको प्रकृतिपूजक पर्व हो । गाई, गोरु, काग, कुकुर भनेकै प्रकृतिका संकेत पात्र हुन् जो सधैं पूजनीय छन् ।
वन्यजन्तुविद् डा. तेजबहादुर थापा भन्छन्, ‘मानिससँग कुकुरको नाता फिरन्ते युगदेखि नै सुरु भएको हो । कुकुरको इमानदारी र बफादारिताबाट मानिस प्रभावित छ ।’

काठमाडौँ — हिन्दु धर्मावलम्बीका धेरैजसो चाडबाड विज्ञान र प्रकृतिसँग जोडिएका छन् । यो बेला सयपत्री र मखमली फूल जताततै ढकमक्क फुलेको छ । गाउँघर रमणीय बनेको छ । यी फूलले उज्यालो चाडको झल्को दिइसकेको छ ।

तिहारमा पूजा गरिने काग, कुकुर, गाई, गोरुको साइनो पनि प्रकृतिसँगै छ । तिहारमा पूजा गरिने यी पशुपन्छीको महत्त्व आफैंमा विशिष्ट छ । चराविद् हेमसागर बरालका बुझाइमा, ‘तिहारमा गरिने कागको पूजा नै सम्पूर्ण चराचुरुंगीप्रतिको प्रेम हो ।’

घरबाट फालिएका र गाउँ–सहरमा थुप्रिएका फोहोर सफा गरेर वातावरणीय स्वच्छतामा सघाउ पुर्‍याउन कागले मद्दत गर्छ । कागले एक पटक चिनेको अनुहार हत्तपत्त नर्बिसने अध्ययनले देखाएको छ । बरालका अनुसार काग आफैंमा एउटा सूचना संवाहक पनि हो । यसले अन्य प्राणीहरूलाई पनि सूचना दिन्छ । जंगलमा हिंस्रक जनावर देख्दा कागले आवाज निकालेर अन्य जीवजन्तुलाई खतराको पूर्वसंकेत दिन्छ । कुनै प्राकृतिक विपत्ति आउने बेलामा यसले अनौठो व्यवहार देखाउने र अनौठो आवाज निकाल्ने काम गर्छ । नेपालमा ५ प्रजाति काग पाइने गरेकामा मानिस वरपर बस्ने ‘हाउस–क्रो’ संख्या पछिल्लो समयमा बढेर गएको अध्यनले देखाएको छ ।

तिहारको दोस्रो दिन कुकुरको पूजा हुन्छ । वन्यजन्तुविद् डा. तेजबहादुर थापा भन्छन्, ‘मानिससँग कुकुरको नाता फिरन्ते युगदेखि नै सुरु भएको हो । कुकुरको इमानदारी र बफादारिताबाट मानिस प्रभावित छ ।’ कुकुरको सुँघ्ने क्षमता अन्य जनावरको भन्दा धेरै हुन्छ । यही विशेषताका कारण कुकुरलाई अपराधी पत्ता लगाउने र अध्ययन– अनुसन्धानमा प्रयोग गरिन्छ । कुकुरको भिजेको जस्तो देखिने नाकले विभिन्न रसायन तथा गन्धबारेमा जानकारी लिन्छ । कुकुरले एक सय ५० भन्दा बढी शब्दको अर्थ बुझ्ने गरेको विज्ञहरू बताउँछन् ।

अन्तरिक्षमा पुग्ने सबैभन्दा पहिलो प्राणी कुकुर थियो । सोभियत रसियाले निर्माण गरेको स्पुटनिक–२ नामक अन्तरिक्ष यानमा सयर गर्ने पहिलो जनावर कुकुर बन्यो । मस्को सहरको सडकपेटीबाट लिइएको लुइका नाम गरेको कुकुर पृथ्वीको कक्षमा अन्तरिक्षयानबाट घुम्ने पहिलो जीव बन्यो ।

तिहारको तेस्रो दिन पुजिने जनावर हो— गाई । गाई दूधका लागि मात्र नभएर यसका विविध फाइदा पनि छन् । गाईको गोबरलाई मानिसले ‘एन्टिसेप्टिक’ का रूपमा प्रयोग गर्छन् । गाईले सूर्यबाट आउने विभिन्न हानिकारक विकिरणलाई सोस्ने काम गर्छ । यसले वायुमण्डललाई स्वच्छ बनाउन मद्दत पुर्‍याउँछ । गाईको गोबरबाट निकालिने गोबर ग्याँस एक प्रमुख जैविक इन्धन हो । भारतमा मात्रै गोबर ग्यास प्रयोगबाट वार्षिक ६ करोड टन दाउरा जोगिने गरेको तथ्यांक छ । गोबर कृषकहरूका लागि बहुउपयोगी मल हो । वातावरणविद् प्रकाश अर्यालका अनुसार वायु प्रदूषण न्यूनीकरणमा सघाउ पुर्‍याउने र जैविक ऊर्जाका लागि गाई उपयोगी जनावरको रूपमा लिन सकिन्छ ।

तिहारमा पुजिने अर्को जनावर हो— गोरु । गोरुलाई मानिसले खेत जोत्न, गोरु–गाडा चलाउन प्रयोग गर्दै आएको छ । गोरु घोडाभन्दा लामो समय हिँड्न सक्छ । प्रतिकूल मौसममा पनि धेरै सामान बोक्ने भएकाले यसलाई मानिसले प्रयोग गर्दै आएको हो । हाम्रै मुलुकको कुरा गर्ने हो भने तराईका कतिपय दुर्गम ठाउँमा गोरुगाडा प्रयोग गरिन्छ ।

तिहारको चौथो दिन गोबर्धन पर्वतलाई पुजिन्छ । पर्वत अर्थात् पहाड । पर्वत पानीको स्रोत पनि हो । मध्यएसियाबाट उत्तर बहने चिसो हावालाई पर्वत शृंखलाले छेकिदिन्छ । यसबाट निस्किएका नदीले मलिलो माटो ओसार्छन् । तटीय क्षेत्रमा बसोबास गर्नेहरू पर्वतबाट निस्किएका नदीमा भर पर्छन् । तिहारमा गाईको गोबरलाई पर्वतजस्तो बनाएर पुजिन्छ ।
तिहारमा भाइटीकामा क्रममा प्रयोग गरिने रङले प्रकृति संरक्षणसँगै प्राकृतिक स्रोतको उपभोग गर्न सकिने सन्देश दिन खोजेको छ । तिहारमा लगाइने रङ प्राकृतिक रूपमै बनाउन सकिन्छ । जस्तैस् दूबो । हरियो रङको रूपमा तिहारमा दूबो पनि लगाउने गरिएको छ । चामललाई पिसेर सेतो रङ बनाउने गरिएको छ ।

यस अर्थमा तिहार भनेको प्रकृतिपूजक पर्व हो । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको पुजा गर्नु भनेको प्रेम, सद्भाव र मैत्रीको प्रतीकसमेत हो ।

source:ekantipur

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑