• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 19, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

देशभर उज्यालो बनाउँदै प्राधिकरण, “निर्धक्क भएर बत्ती बाल्नुस् ” – कुलमान घिसिङ


सुभाय् संवाददाताOctober 27, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं- तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो। नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत प्राधिकरणलाई भने कसरी विद्युत व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो। घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे। उनीहरु सरकार र प्राधिकरणलाई गाली गरेर अँध्यारोमा लक्ष्मीको आराधना गरेर बस्थे।
समय बदलियो, नेतृत्व बदलियो, नीति र कार्यक्रमसमेत बदलियो। विसं २०७३ को लक्ष्मीपूजाको दिनदेखि नै विद्युतभार कटौतीको अन्त्य भएको घोषणा गरियो। तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफैँ कार्यस्थलमा खटेर लक्ष्मीपूजालाई वास्तवमै उज्यालो बनाएका थिए।
मुलुकबाट नै विद्युतभार कटौतीको अन्त्य भएको घोषणासँगै प्राधिकरणमाथि अर्को आरोप पनि लाग्यो, भारतबाट महङ्गोमा किनेर ल्याएको विद्युतबाट अँध्यारो हटाइयो। आलोचकले त विभिन्न बहाना निकालेर सरकार र प्राधिकरणको आलोचनामा नै समय खर्चिए।
प्राधिकरणलाई भारतबाट विद्युत आयात गर्नु बाध्यताजस्तै थियो। आन्तरिक रूपमा पुग्दो विद्युत नभएका कारण पनि भारतको भर पर्नु परिस्थितिको उपज नै थियो। प्राधिकरणले अनेकन प्रयास गरेर सहजरूपमा उपभोक्तालाई विद्युत उपलब्ध गराएकै थियो।
अघिल्लो दुई वर्षमा प्राधिकरणले अनेकन उपाय लगाएर भए पनि उपभोक्तालाई विद्युत उपलब्ध गरायो। यस पटक भने प्राधिकरणले आन्तरिक उत्पादन नै प्रयोग गरेर यस पटकको लक्ष्मीपूजाको दिन देशभर नै उज्यालो बनाउने भएको छ।
विगतमा भारतको भर परेर मात्रै उज्यालो बनाएको प्राधिकरणमाथि लागेको आरोप यस पटकदेखि भने हट्नेछ। ‘कसरी व्यवस्थापन भयो त आन्तरिकरूपमा नै सहज विद्युत हुने अवस्था ?’ भन्ने प्रश्नमा प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, ‘प्राधिकरण र निजी क्षेत्रका सबै आयोजना पूर्ण क्षमतामा चल्ने भएकाले भारतबाट विद्युत नगन्य मात्रामा मात्रै विद्युत आयात हुन्छ।’
प्राधिकरणले आफ्ना आयोजनाबाट कूल नौ हजार १३५ मेगावाट घण्टा विद्युत उपलब्ध गराइरहेको छ। निजी क्षेत्रका आयोजनाबाट कूल १० हजार २१६ मेगावाट घण्टा विद्युत उपलब्ध भइरहेको छ। भारतबाट एक हजार ८२९ मेगावाट घण्टा विद्युत आयात भइरहेको छ।
यतिबेला मौसममा कुनै बदली नभएका कारण देशव्यापीरूपमा नै कहीँकतै पनि ‘ट्रिपिङ’को समस्या छैन। प्राधिकरणका अनुसार हाल प्रणालीमा कूल २१ हजार २७० मेगावाट घण्टा विद्युत माग रहेको छ। त्यस्तै प्राधिकरणले हाल दैनिकजसो नै ५३३ मेगावाट विद्युत भारत निर्यात गरिरहेको छ।
प्राधिकरणले जगेडाका रुपमा कुलेखानीको तीनवटै आयोजना पनि राखेको छ। ती आयोजनाबाट कूल १०६ मेगावाट विद्युत उत्पादन हुन्छ। कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र हालै सञ्चालनमा आएको कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत उत्पादन भइरहेको छ। ती आयोजना जलाशय प्रकृतिका भएका कारण पनि आवश्यक परेको समयमा मात्रै चलाउने गरी व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।
हाल प्राधिकरणको प्रणालीमा एक हजार २५० मेगावाट विद्युत उपलब्ध छ। यस वर्षको छ महीनामा मात्रै १५० मेगावाट विद्युत थप भइसकेको छ। आन्तरिकरूपमा नै विद्युत पर्याप्त भएकाले कुनै भवितव्य नहोस् भनेर मात्रै भारतबाट आयात हुने विद्युत जोडिराखिएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ५० मेगावाटको हाराहारीमा मात्रै विद्युत आयात गरिरहेको छ। आयात भएका मध्ये ३० मेगावाट विद्युत रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत बिहारतर्फ निर्यात गरिएको छ। बाँकी रहने २० मेगावाट विद्युत मात्रै प्रणाली सुरक्षाका लागि उपलब्ध भइरहेको छ। कुलेखानी चलाउँदा उत्पादन हुने विद्युत भारत नै निर्यात हुने गरेको छ। जलाशयको सतहलाई सन्तुलित बनाइराख्न पछिल्ला दिनमा कहिलेकाहीँ एकाध घण्टा कुलेखानी चलाउने गरिएको प्रवक्ता अधिकारीको भनाइ छ।
कुलेखानीको जलाधार क्षेत्रबाट जम्मा हुने पानीको मात्रा उस्तै रहेका कारण पनि जलाशयलाई सन्तुलित बनाइराखिएको प्राधिकरणको भनाइ छ। आन्तरिक विद्युतबाट नै दीपावलीलाई झकीझकाउ बनाउने गरी योजना तयार भएको र प्राधिकरणका सबै वितरण केन्द्र, आयोजना तथा ग्रिडका कर्मचारीलाई समेत तम्तयारी अवस्थामा राखिएको छ।
काठमाडौँ उपत्यकाको विद्युत प्रणालीको अवस्था पहिचानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्रवक्ता अधिकारीको टोली परिचालित भएको छ। आज पनि उपत्यकाका सबै क्षेत्रको अवस्थाको बारेमा कार्यकारी निर्देशक घिसिङले जानकारी लिएको प्रवक्ता अधिकारीको भनाइ थियो। प्राधिकरणका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीको नेतृत्वमा अर्को टोली स्थलगत निरीक्षण तथा आवश्यक तयारीका लागि परिचालित छ।
कुनै पनि घर अँध्यारोमा बस्नु नपरोस्, सबै घरमा बत्ती बलोस् भन्ने लक्ष्यका साथ सबै तयारी गरिएको प्राधिकरणको भनाइ छ।
अघिल्ला वर्षहरुमा बढी विद्युत माग हुने समयमा धेरै विद्युत खपत गर्ने उपकरण नचलाउन आग्रह गर्ने प्राधिकरणले यस पटक निर्धक्क भएर बत्ती बाल्न उपभोक्तालाई आग्रह गरेको छ। बत्तीको उपलब्धता बढी भएकाले उपभोक्ताले बत्तीको पर्वमा आफ्नो क्षमताअनुसार नै बत्ती बाल्न आग्रह गरिएको प्रवक्ता अधिकारीको भनाइ छ। प्राधिकरणले विद्युत पुगेका स्थानका कुनै पनि घर अँध्यारोमा बस्न नपरोस् भनेर सबै व्यवस्था मिलाएको जनाएको छ।
प्राधिकरणले लक्ष्मीपूजाको दिन देशभरको विद्युत माग बढीमा एक हजार २०० मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। भारप्रेषण केन्द्रले तय गरेको आँकडाअनुसार कूल एक हजार १९० मेगावाटदेखि एक हजार २०० मेगावाटको हाराहारीमा विद्युत माग पुग्ने छ।
तिहारको समयमा उद्योगधन्दा पनि बन्द हुने भएकाले घरायसी उपयोगका लागि मात्रै विद्युत माग बढ्दा त्यसले खासै समस्या नपर्ने प्राधिकरणको बुझाइ छ। आन्तरिक रुपमा बढी भएको खण्डमा निर्यात गरिरहेको भन्दा बढी विद्युत भारत निर्यात गर्न सक्ने अवस्थामा प्राधिकरण पुगेको छ।
बर्दघाट सवस्टेशनमा बिहीबार राति आगलागी भएपनि सो क्षेत्रका २९ हजार उपभोक्तालाई वैकिल्पक उपायबाट विद्युत उपलब्ध गराइएका कारण कुनै पनि घरमा अँध्यारो नहुने प्राधिकरणको भनाइ छ।
source-nagariknetwork

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑