• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 21, Jul, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो

कुमुदिनीमा चर्या नृत्य प्रशिक्षण समापनसंगै विद्यार्थीकाे प्रदर्शन

पाेखरा/कुमुदिनी होम्स माध्यमिक विद्यालय गैह्रापाटन, पोखराको आयोजनामा भएको चर्या नृत्य प्रशिक्षण सम्पन्न भएकाे छ।

प्रशिक्षण लिएका क्षा १ देखि १० कक्षा सम्मका विद्यार्थीलाई दुई समूह गराई चर्या नृत्य प्रदर्शन गरी शुक्रबार एक कार्यक्रमबीच समापन गरिएको हो ।

प्रशिक्षण लिएका विद्यार्थीहरुले भविष्यमा अरुलाई पनि चर्या नृत्यकाे प्रशिक्षण दिने उद्देश्य राखेर प्रशिक्षण दिइएको हो ।

चर्या नृत्यको जुनियर तर्फ ग्रासी गुरुङ, सोवीया परियार, मिस्टी सुनार, गृहना गुरुङ, नेन्सी लगायत रहेका छन् । यसैगरी सिनियर तर्फ आरुसी सुवाल, सारा श्रेष्ठ, आयश्वरी श्रेष्ठ, दिवास्ना पुन र कस्मीन मगर रहेका थिए।
काठमाडाैंबाट प्रशिक्षण दिन आएका प्रशिक्षक चर्यामा ४ दशक बिताएका चन्द्रमान मुनिकारले ढाट्न चोर्न, लागुऔषध सेवन गर्न नहुने, हत्या, हिंसा गर्न नहुने र झुटो बोल्न नहुने कुराहरुलाई मनन् गरेर चर्या नृत्य सप्त तारा नृत्य सिकाइएकाे बताए ।

चर्या नृत्य सप्त तार नृत्य जगतको हित र भलो गर्ने विश्वास रहेकाे छ । विद्यालयका संस्थापक अध्यक्ष अशाेक पालिखेले चर्या नृत्य नेपालकाे माैलिक जिवन्त नृत्य भएकाेले यसकाे जगेर्ना गर्न जरुरी भएकाे बताए । उनले भने, यसैकाे संरक्षणका लागि प्रशिक्षण दिइएको हाे ।
पालिखेले हामीले हाम्रा माैलिक संस्कार, संस्कृतिहरू भुल्नु हुँदैन । हरेक समुदाय संस्कृति, संस्कारकाे संरक्षणका लागि लाग्नुपर्छ ।

उनले भने, हामीले विद्यार्थीका लागि पढाइसंगै सामाजिक सेवा, उत्तरदायीत्व कसरी बहन गर्ने लगायतका अतिरिक्त क्रियाकलापमा संलग्न बनाइरहेका छाैं । विद्यालयमा घाटु, छ्याडु, मारुनी लगायतका नृत्यहरु नचाउने गरिएकाे उनले बताए ।


सुभाय् मिडिया प्रा.लि.

ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

ईमेल: [email protected]

कार्यालय फोन- ०१-२१५६४४

स्थायी लेखा नम्बर- ६१२२८०१००

सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

सुभाय् मिडियाको लागि

संचालक तथा सम्पादक महर्जन रत्न

सम्पादक विजयकृष्ण श्रेष्ठ
राजेन्द्र महर्जन

सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

समाचार प्रमुख रवि महर्जन

फोटो सम्पादक नातिकाजी महर्जन

© 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
↑