बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

 Maharjan Ratna

चितवन / भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा शनिबार बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन्। घाँस काट्न गएका उनलाई शनिबार बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको हो। शवलाई बाघले नछोडेपछि बाघलाई बेहोस बनाउन प्राविधिक टोली जाने तयारी गरेको उनले जानकारी दिए। रासस


काठमाडौं संघीय नेपालको मात्र राजधानी हैन अब कोरोनाको पनि राजधानी ! थपिएका ६० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका !

 Maharjan Ratna

काठमाडौं संघीय नेपालको मात्र राजधानी हैन अब कोरोनाको पनि राजधानी,थपिएका ६० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका ! काठमाडौँ / संघीय नेपालको मात्र राजधानी रहेन काठमाडौं अब ! कोरोनाको पनि राजधानी बन्दैछ । आज कुल संक्रमितको ६० प्रतिशत काठमाडौँ उपत्यकामा पुष्टि भएको छ । आज शनिबारमात्र ७२४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये काठमाडौँमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना पुष्टि भएको जनाएको छ। आज देशभर १ हजार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। देशभरी र उपत्यकामा थपिएको संक्रमितको तुलना गर्दा देशभरको

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ललितपुर जिल्लाका तीन मेयर कोरोना संक्रमित , ललितपुर महानगरका मेयरलाई पनि कोरोना

 Maharjan Ratna

काठमाडौँ /उपत्यकाबासीको निम्ति दु:खको खबर छ !  उपत्यकाका मेयरहरु भटाभट कोरोना संक्रमित हुन थालेका छन् । यसैबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो । फ्रन्टलाईनम बसेर कार्य गर्दै आएका मेयर महर्जन कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका छन् । उनले आफ्नो सम्पर्कमा रहनु भएका सबैलाई पनि सचेत रहनु हुन अनुरोध गरेका छन् ।                                               

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी धर्मपत्नी समेत कोरोना संक्रमित

 Maharjan Ratna

ललितपुर/ गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उहाँहरुले स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल महर्जन दम्पति होम आइसोलेसनमा रहेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।” यस्तैगरी गत केहि दिन अगाडी मात्र महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नीमा कोरोना सङ्क्रमण पुष्टि

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा शुक्रबार ६४५ संक्रमित थपिए काठमाडौंमा मात्र ५०३ संक्रमित

 Maharjan Ratna

काठमाडौं / आज शुक्रबार काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । काठमाडौंमा कोरोना संक्रमणले भयावह रुप लिंदै गर्दा काठमाडौंमा भीड भने निकै बढेको छ । बाहिरबाट काठमाडौंमा ओइरिनेको भीड पनि बढेको छ । तर सरकार भने आफूले बनाएका हरेक नीति नियमलाई बेवास्ता गर्दै उपत्यकामा बेरोकटोक आवतजावत

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

तीर्थयात्राय् ला-कीचा छम्ह !!

 Maharjan Ratna

जितः मचाबलेनिसें ला-कीचा धाइगु । बानि स्यंगु ह्याॅउ-मचाबलेनिसें । जा बांलाक मनः धका लाया ति भचाभचा लुयाः जाप्यय् म्हुतुइ ल्वसुकाबीगु। छप्ययचा जाय् छकूचा ला खनेदयक तयेमाःगु । अले स्वारास्वारां नइगु खनी जिं । ला मन्तकि जा हे नइगु मखु खनी । नकूसा फूफू यानाः ल्ह्वयाहइगु खनी । मखयक धाल खइमखु । थ्व बानि लिपालिपा तक्कं घाना हे च्वन। लिपा धयागु छु , आःतक्कं थाना हे च्वन । ला छकू मदयक ला गा हे मगाः । ला मन्तकि जा नयेगु हे पाः जुइ । ला मदइथाय् उकिं जि भ्वय् नं मवना

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कुलमान गएपछि विद्युत् आपूर्तिमा समस्या देखिएपछि उर्जा मन्त्रीले मन्त्रालयमा बोलायो जिम्मेवार व्यक्तिहरुलाई ! कुलमानको पुन: नियुक्ति प्रस्ताव मन्त्री परिषदमा!

 Maharjan Ratna

काठमाडौँ / कुलमान घिसिङले बिद्युत प्राधिकरणबाट बिदा पाए लगत्तै देशभर विद्युत् आपूर्तिमा समस्या आएको गुनासो आएपछि असोज ९ गते उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका जिम्मेवार पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर विद्युत् सुचारु गर्न निर्देशनको दिएको छ । यसैबीच नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ । निर्देशन दिने क्रममा  मन्त्री पुनले आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै आफू निमित्त मात्र

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बालुवाटारमा जारी नेकपाका दुई अध्यक्षबीचको वार्ता सम्पन्न

 Maharjan Ratna

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सम्पन्न भएको छ । नेकपा सचिवालय बैठकले तय गरेको कार्यसुची बारेमा दुई अध्यक्षबीच छलफल भएको बताइएको छ । गत मंगलबार बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्ष र महासचिव विष्णुप्रसाद पौडेललाई १० दिनभित्र पार्टीको बाँकी साँगठिनक एकताको खाका बनाउने जिम्मेवारी दिएको थियो । सोही विषयमा केन्द्रित भएर दुई अध्यक्षबीच प्रारम्भिक छलफल भएको बालुवाटार स्रोतको भनाई छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्षद्वयबीचको छलफल केही बेर अघि सम्पन्न भएको छ

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

महिला पत्रकारहरु साधना पत्रकारिता सम्मानबाट सम्मानित

झापाको ‘किच्चकबध’ स्थल २२ सय वर्ष पुरानो प्रमाणित

१२५० अल्पकालीन श्रामणेर प्रवज्या कार्यक्रम सम्पन्न

नेवा खलः कास्की ‘सुदर्शन–कपिला सिरपा’ सम्मानित

अल्पकालीन श्रामणेरहरुको धर्मयात्रा भैरहवा पुग्यो