काठमाडौं उपत्यकामा आज २१६ जनामा संक्रमण पुष्टि

 Maharjan Ratna

काठमाडौँ/ दिनदिनै काठमाडौंमा नयाँ संक्रमण पुष्टि हुने क्रम जारी छ । यसैक्रममा काठमाडौं उपत्यकामा आज शनिबार थप २१६ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार काठमाडौँमा पछिल्लो २४ घन्टामा १६० नयाँ संक्रमित भेटिएका छन् भने भक्तपुरमा ५० जना र ललितपुरमा ६ जना नयाँ संक्रमित भेटिएको उनले बताए ।आज भक्तपुरमा तुलनात्मक रुपमा संक्रमितकाे संख्या बढेकाे देखियाे। हाल उपत्यकाका तीनै जिल्लामा अहिले काेराेना नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएकाे छ ।


घरमा आइसोलेसनमा बस्दा के गर्ने?

 Maharjan Ratna

आदर्श प्रधान नेपालमा कोरोनाको परीक्षण बढाएकोसँगै कोरोना संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि दिनानुदिन कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढिरहेको छ। यससँगै मानिसमा डर पनि पैदा भएको छ । यस्तो अवस्थाले विभिन्न प्रकारका मानसिक समस्या निम्त्याउँछ । मानसिक समस्याहरुमा एन्जाइटी डिसअर्डर, अनिद्रा, डिप्रेसन लगायतका समस्याहरु हुन् । तर यस्तो मानसिक समस्याहरुलाई समयमै ब्यबस्थापन गर्नु भने जरुरी छ । अहिले सामान्य एवं लक्षण नभएकोहरुको लागि सरकारले घरमा आइसोलेसनमा बस्न अनुमति पनि दिएको छ । अस्पतालमा बस्नुपर्छ भन्ने तनावले पार्ने मनोवैज्ञानिक असर घरमा बस्दा नपर्न सक्छ। परिवारसँगै छु भन्ने

प्रविधि, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

निदान अस्पतालमा ४ नर्स र सुरक्षागार्ड सहित १३ जनालाई कोरोना संक्रमण

 Maharjan Ratna

ललितपुर / ललितपुरस्थित निदान अस्पतालमा चार जना नर्स सहित १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। निदान अस्पताल श्रोतले दिएको जानकारी अनुसार ४ जना नर्स,६ जना सुरक्षा गार्ड ,३ जना सरसफाइ गर्ने कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको हो। अहिले ती कर्मचारीलाई निदान अस्पतालको आइसोलेसनना भर्ना गरिएको छ। यसअघि पनि निदान अस्पतालमा कार्यरत २ जना डाक्टर सहित ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो। एक जना डाक्टर बलम्बुस्थित कोरोना अस्पतालमा उपचाररत हुनुहुन्छ। अर्का एक डाक्टर दोश्रो कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुनुभएको छ। अहिले निदान अस्पतालमा ओपिडि लगायतका अन्य सेवा बन्द गरिएको छ।

प्रविधि, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा १८२ जनामा कोरोना सङ्क्रमणको पुष्टि

 Maharjan Ratna

काठमाडौं / कोरोना संक्रमणको दृष्टिकोण जोखिममा रहेको काठमाडौं उपत्यकामा आज शुक्रबार कोरोनाका १८२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार यसरी संक्रमित भएकामध्ये काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ गरी १८२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । हिजो बिहीबार काठमाडौं उपत्यकामा २०० जनामा सङ्क्रमणको पुष्टि भएको थियो । अहिले कोरोना संक्रमणको जोखिम कम गर्न उपत्यकाका तीनै जिल्लामा भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।


फादर्स डे

 Maharjan Ratna

चिबाखँ -रिता महर्जन रिटायर्ड जुइ धुंकुम्ह मिनलालया थौं बौ या ख्वा: स्वयेगु दिं जुसां ख्वा: चमकं। सुथ न्हापां हे निम्हं म्ह्यायपिसं नं फोन याना: थौं बा:या ख्वा: स्वयेत वये मफइगु खँ धयाहल। म्ह्यायपिं मवैगु खँ न्यना: वं तस्कं म्हाइपु तायेकल !                                           ख्वा: खिउँसे तया च्वंम्ह थ: भा:तया नुग: तयेत रमां धाल , ” म्ह्याय्पिं थजा:गु महामारीया इलय् गथे वइ ? थन काय् भौ छय्पिं द हे दु । इमिसं ख्वा:

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

के हो लकडाउन ? के हो निषेधाज्ञा र कर्फ्यू ?

 Maharjan Ratna

लोकेन्द्र प्रसाई काठमाडौं / कोरोना भाइरसको महामारी देखिएसँगै नेपालमा मात्र होइन विश्वभर लकडाउन, निषेधाज्ञा र लकडाउनजस्ता शब्दहरु बढी प्रयोगमा आएका छन्। यसअघि गत चैत ११ गतेदेखि १२१ दिन देशभर लागू भएको ‘लकडाउन’ संक्रामक रोग ऐन २०२० अनुसार गरिएको थियो। तर सोमबार मन्त्रिपरिषद्ले कोरोना भाइरसको संक्रमण फैलन नदिन आवश्यक आदेश दिने अधिकार जिल्ला प्रशासन कार्यालयलाई प्रत्यायोजन गर्‍यो। जिल्ला प्रशासन कार्यालयहरुले उक्त निर्णय तथा स्थानीय प्रशासन ऐन २०२८ लाई समेत उल्लेख गरेर निषेधाज्ञा जारि गरेका छन्। अघिल्लोपटक ‘लकडाउन’ गर्दा संक्रामक रोग ऐनअन्तर्गत मात्र गरेपनि अहिले स्थानी+य प्रशासन ऐनलाई समेत उल्लेख गरेर निषेधाज्ञा

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

रक्षामन्त्रीले ओढाए राष्ट्रकविलाई राष्ट्रिय झण्ड

 Maharjan Ratna

काठमाडौँ – दिवंगत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन् । राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको हो । रक्षामन्त्री पोखरेलले बुधबार बिहान लैनचौर स्थित निवासमा गएर घिमिरेलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । सेनाका उपरथीसमेत रहेका घिमिरेको अन्तिम संस्कार बुधबार नै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ गरिँदै छ। courtesy:deshsanchar


सुभाय् पोस्ट बिशेष

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने