उपत्यका बाहिरका एकजनालाई पनि लकडाउनको बेला काठमाडौं आउनु भनी अनुमति दिएका छैनौं – मेयर शाक्य

 Maharjan Ratna

काठमाडौँ / लकडाउनको उलंघन गर्दै काठमाडौंमा सयौं यात्रुबाहक बसहरु प्रवेश गरेपछि उपत्यकामा तनावको बाताबरण बनेको बेला उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले काठमाडौँबासी एकजनालाई पनि बाहिर जानु भनेर अनुमति नदिएको तथा उपत्यका बाहिरका नागरिकलाई पनि लकडाउन अवधिभरी काठमाडौं आउनु भनेर एकजनालाई पनि अनुमति नदिएको बताए। “केही दिन अघि मात्रै सम्पन्न उपत्यका नगरपालिका फोरमको बैठकले पनि संयुक्त विज्ञप्ति नै निकालेर उपत्यका छाडी सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचार निरन्तर आएपछि गम्भीर ध्यानाकर्षण भएको बताएको थियो । ‘पछिल्लो समय दर्जनौँ

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं – हेरिटेज सिटी कि स्मार्ट सिटी

 Maharjan Ratna

ई. प्रमोद श्रेष्ठ संयुक्त अरव इमिरेट्स “रैथाने जनताहरुका जग्गाजमीन अधिग्रहण गर्दै नयाँनयाँ संरचना बस्ती बनाउँदै जाने र शहरीक्षेत्रमा जनसङ्ख्या बढाउँदै जाने यो क्रमको निरन्तरता दिनु भन्नु यहाँका रैथाने जनसमुदायलाई विस्थापित​ गर्ने भन्ने नै हो । यस्तो विस्थापन भनेको विकास हो कि विनाश ? हामी कतातिर गइराखेका छौं ? पहिला नै विकसित भैसकेको प्राचीन शहर काठमाडौंको उच्च जीवनशैलीलाई भताभुङ् पार्दै कंक्रिटको जङ्गल तिरको उजाड यात्रामा हामी किन गइरहेका छौं ?” काठमाडौं अति प्राचीन शहर भएतापनि यो शहर बसाउनेहरुले शहर बसाउन चाहिने सबै किसिमका आधुनिक मूल्य र मान्यता अङ्गालेको पाइन्छ । उदाहरण

विचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोनाबाट जोगिन काठमाडौं , सोमबारमात्र ५५ बस भित्रिए

 Maharjan Ratna

मकर श्रेष्ठ संक्रमित धेरै पाइएको क्षेत्रबाट यात्रु उपत्यका भित्रिए संक्रमण नियन्त्रणमा चुनौती बढ्ने अवस्था भए पनि बिचल्ली परेकाको उद्धारका लागि भनेर आउने बसले यात्रु भित्र्याउन छाडेका छैनन् सोमबार बिहान ६ देखि ११ बजेसम्म मात्रै ५५ वटा बस भित्रिए काठमाडौँ / लकडाउनले काठमाडौंको बसाइ कठिन भएको भन्दै गाउँ जानेको लर्को लागेका बेला प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण कोरोनाबाट सुरक्षित ठानेर उपत्यकामा आउन थालेका छन् । काठमाडौं प्रवेश गर्ने नाकाबाट सोमबार बिहानसम्म निर्बाध रूपमा आए । सञ्चारमाध्यमले निगरानी गर्न थालेपछि भने प्रहरीले बाहिरबाट आउने यात्रुको विवरण टिप्न थालेको छ ।

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं आउन लागेका यात्रुलाई नागढुंगाबाटै फर्काइयो

 Maharjan Ratna

काठमाडौं / बिभिन्न जिल्लाबाट काठमाडौं आउन लागेका यात्रुहरुलाई नागढुंगा नाकाबाट फर्काइएको छ । गृहमन्त्रालयले परिपत्र गरी लकडाउनलाई कडाइ गर्न भनेपछि नागढुंगा नाकामा आइपुगेका यात्रुहरुलाई जहाँबाट आएको हो, त्यहीँ फर्काइएको छ । यात्रुहरुलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं परिसर प्रमुख श्याम ज्ञवालीलगायत नागढुंगा पुगेका छन् । साभार अनलाइन खबर


लकडाउन कडाई गर्न गृहको निर्देशन

 Maharjan Ratna

काठमाडौँ/ ‘लकडाउन’लाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ । त्यसैले मन्त्रालयले आजदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो । हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

विविध निर्णय गर्दै कामपाको ४५औं कार्यपालिका बैठक सम्पन्न

 Maharjan Ratna

काठमाडौं /काठमाडौं महानगर पालिकाको ४५ औं कार्यपालिका बैठक विविध प्रस्तावहरु पारित गर्दै सम्पन्न भयो । काठमाडौंको राष्ट्रिय सभा गृह , प्रदर्शनी मार्गमा आज आइतबार कामपाका मेयर विद्या सुन्दर शाक्यको अध्यक्षतामा बैठक बसेको थियो । बैठकलाई सम्बोधन गर्दै मेयर शाक्यले महानगर पालिकाका जनप्रतिनिधि कर्मचारीहरु कोरोनाका कारण  राहत वितरण लगायतका कार्यमा व्यस्त रहेको बेेला अझै केही समस्याहरु रहेको भन्दै गुनासोहरु आइरहेको बताए । काम गर्दा यस्ता केही गुनासोहरू आइरहने सामान्य कुरा भएको बताउँदै आएका गुनासो बारे जनप्रतिनिधिहरुले आवश्यक जानकारी दिई समाधान गर्न सकिने बताए । उनले शनिबारसम्म ६८ हजार ६ सय १७

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लक डाउन वैशाख २५ गतेसम्म थप

 Maharjan Ratna

काठमाडौं/ नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याएको छ । आज आइतबार बसेको मन्त्रिपरिषद्ले लक डाउन लम्ब्याउने निर्णय गरेको हो । साथै हवाइ उडान तथा अवतरण भने बैशाखकाे अन्तमसम्म राेक्ने निर्णय गरेको छ । चैत ११ गतेदेखि शुरु भएको लक डाउन यस अघि तीनपटक थपगरि सकेको छ । चैत ११ गतेदेखि १८ गतेसम्म निर्धारण गरिएको लक डाउन चैत १६ गते सरकारले पुनः दोश्रो पटकबढाएर २५ गतेसम्म पुर्‍याएको थियो । यो अवधिमा पनि संक्रमितको संख्या नेपालमा बढेकाले वैशाख ३ गतेसम्मको लागि तेश्रो पटक लक

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“स्वाभिमानी कीर्तिपुरबासीको मानमर्दन गरेको सह्य छैन “

 Maharjan Ratna

कीर्तिपुर /कीर्तिपुरको इज्जत र मानमाथि धावा बोल्न थालेपछि कीर्तिपुरवासी आक्रोशित बनेका छन् । कीर्तिपुरका स्थानीयहरु स्वतःस्फुर्तरुपमा सडकमा उत्रेका छन् । कीर्तिपुरलाई गाली गरेको भनेर एक युवकलाई समातेर प्रहरीलाई बुझाएको स्थानीय पत्रकार नजर राम महर्जनले बताए । कीर्तिपुरवासीले ती युवकलाई कुनैपनि हालतमा नछाड्न चेतावनी दिँदै महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा ज्ञापन पत्र र घेराऊ समेत गरेको थियो । वरिष्ठ पत्रकार नजरराम महर्जन भन्छ्न् “कीर्तिपुरको इज्जत र मानमाथि धावा बोल्न थाले पछि कीर्तिपुरवासी स्वतःस्फुर्त रुपमा सडकमा उत्रेका छन । कीर्तिपुरलाई गाली गर्ने युवकलाई नछाड्न चेतावनी दिंदै महानगरीय प्रहरी बृत कीर्तिपुरमा ज्ञापन पत्रसहित स्थानीयले

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने