December, 2019
नेवा:खल: कास्कीमा पुन: अशोक पालिखे
Maharjan Ratna
पोखरा / नेवा: खल: कास्कीको पुस १२ गते शनिबार सम्पन्न अधिवेशनबाट अशोक पालिखेलाई पुन: अध्यक्षमा चुनेको छ । काठमाडौं उपत्यका बाहिर पोखरा केन्द्रीत भएर कास्की जिल्लामा नेपाल भाषा , नेवा: संस्कार संस्कृति प्रचार- प्रसार तथा संरक्षण संवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेवा: खल: कास्की नेपालकै एक सबल र सक्रिय संस्था हो । दुई कार्यकालमा सफल नेतृत्व दिनुभएका अशोक पालिखे नेवा: छें निर्माण , नेवा: संग्रहालय स्थापनामा समेत निकै सक्रिय हुनुहुन्थ्यो । पोखरा नगर विकास समितिको अध्यक्ष , पोखरा उद्योग बाणिज्य संंघ , निजि अस्पतालहरुको संंगठन लगायत संस्थाहरुमा समेत नेतृत्व