घरेलु मैदानमा आशा धेरै

 Maharjan Ratna

पछिल्ला केही महिना नेपाली खेलाडी कडा प्रशिक्षणमा छन् । २१ खेलका टोली त प्रशिक्षणका लागि विदेश नै लागे । केही खेलका लागि नेपालमै विदेशी प्रशिक्षक बोलाएर अभ्यास अगाडि बढाइयो । यो तामझामको उद्देश्य हो, आइतबारदेखि नेपालमै सुरु हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुदमा धेरैभन्दा धेरै पदक जित्ने । यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षणमा मात्रै ४५ करोड रुपियाँ खर्चिएको छ । घरेलु मैदानमा साग प्रतियोगिता हुने भएकाले यसपालि नेपालबाट धेरै पदकको अपेक्षा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले त नेपालले ५० स्वर्णपदक जित्ने दाबी नै गरिसक्यो । आयोजकको नाताले नेपाली

खेलकुद, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

टिष्टुङ बज्रबाराही १२ वर्षे देवीगण नाच हनुमान ढोकामा

 Maharjan Ratna

काठमाडौं, मङ्सिर १४ गते । प्राचीन टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच हनुमान ढोका दरबार अगाडी  प्रदर्शन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी थाहा नगरपालिकाको सहयोगमा यस नाचलाई वसन्तपुरमा प्रदर्शन गरिएको हो । देवीगण नाचमा श्रीकुमारी, इन्द्रायणी, बाराही, गणेश, महादेवलगायतका नाचहरु प्रदर्शन हुने जानकारी टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच व्यवस्थापन समितिका सदस्य रामेश्वर महर्जनले जानकारी दिनुभयो । खिं बाजाको विभिन्न शुर तालमा गीतसहित नाच प्रदर्शन गरिएको थियो । महर्जनका अनुसार लिच्छवीकालीन यस नाचलाई टिष्टुङसहित पालुङलगायत मकवानपुर जिल्लाका नेवार बस्तीहरुमा प्रर्दशन गर्न बाँकी रहेको

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लोककवि जक:मिया “न्हयगां जात्रा” मेचा: पिहां वइगु

 Maharjan Ratna

यें/लोककवि राजभाई जक:मिया “न्हयगां जात्रा” म्येचा: पिहां वइगु जूगु दु । येंया दक्षिण भेगय् ला:गु किपू देय् लिसें दक्षिण पश्चिम भेगया न्हयगां जात्राया लसताय् मंसीर १४ गते शनिवाः लोककवि राजभाई जकःमिया च्वसां पिज्वःगु व संगीतकःमि रीता महर्जनं लसय् हनादीगु थीथी सवा:या म्ये दुथ्याःगु म्येचाः ‘न्हयगां जात्रा’ विमोचन जुइगु जूगु दु । मन्दः फल्चा अमल्सि खल:या ग्वसालय् जुइगु उगु ज्याझ्वलय् मूपाहाँ कथं जनकवि दुर्गालाल श्रेष्ठ झायादीगु अले वय्कलं हे उगु म्येचाः उलेज्या यानादीगु जानकारी ग्वसाः खलकं ब्यूगु दु । किपूया नगरमण्डप श्रीकीर्ति विहारय् ज्याझ्व: जुइ । उगु ज्याझ्वलय् ग्वसा:खल: मन्दः फल्चा

कला/मनोरंजन, नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाल भाषामा स्टार म्युजिक भिडियो अवार्ड टप टेनलाई प्रमाणपत्र बितरण !

 Maharjan Ratna

ललितपुर । नेपाल भाषामा  सबैभन्दा बढी बिधामा अवार्ड  दिइने नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्डका टप टेनमा पर्न सफल कलाकर्मी तथा प्राविधिकहरुलाई मंसिर १३ गते शुक्रबार एक कार्यक्रमकाबिच प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । यस अवार्डको २१ विधाको टप–टेन बुधवार सार्वजनिक गरिएको थियो । यसरी टप टेनमा परेका कलाकर्मिलाई प्रमाण–पत्र र मेडल दिने कार्य शुक्रवार भएको हो । ललितपुरको बागडोलस्थित बेखाज पार्टी भेन्युमा आयोजित  समारोहमा  टप–टेनमा परेका २१ विधाका २ सय १० जना कलाकर्मीहरुलाई प्रमाण–पत्र तथा मेडल प्रदान गरिएको हो। बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको संसार क्रियसनले

कला/मनोरंजन, नेवाःख्यः, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

जसले ४२ वर्षदेखि रोगलाई जित्दै आए !

 Maharjan Ratna

आफूलाई लगाइदिएको अक्सिजन माक्स देखाउँदै मंगलबार राति ओलीले डाक्टरसँग भने, ‘यो कहिले निकाल्ने हो ?’ काठमाडौँ — हालैको एक साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेतासँग बालुवाटार निवासको बगैंचामा टहलिरहेका थिए । उनले त्यहाँ आफैंले रोपेको पिपलको बिरुवा सुकेको देखे । अनि तत्कालै भने, ‘पिपलको मिर्गौलाले काम गरेनछ, सुकिहाल्यो । मैले राम्ररी स्याहार पाएकाले यस्तो हट्टाकट्टा छु ।’ यो त्यतिखेरको कुरा हो जतिबेला ओलीको स्वास्थ्यबारे बालुवाटार बाहिर अलि धेरै टीकाटिप्पणी भइरहेको थियो । स्वास्थ्यप्रतिको उनको यो आत्मविश्वास

मुख्य समाचार, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

प्रगतिशील गायक ,संगीतकार अमरराज शर्मालाई लाइफ टाइम अचिभमेण्ट अवार्ड दिइने!

 Maharjan Ratna

काठमाडौं /प्रगतिशील गीत संगीत क्षेत्रमा आफ्नो जीवनको मूल्यवान समय खर्चनु भएका प्रगतिशील तथा नेपाल भाषा संगीत क्षेत्रका हस्ती अमरराज शर्मालाई लाइफ टाइम अचिभमेण्ट अवार्डद्वारा सम्मानित गरिने भएको छ । सबैभन्दा बढी बिधामा अवार्ड दिइने नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्डद्वारा उहाँको गीत संगीत क्षेत्रमा गर्नुभएको  योगदानको कदर गर्दै यसरी सम्मानित गर्न लागेको हो । संसार क्रियसन्सको  आयोजनामा बितरण गरिन लागेको उक्त अवार्ड समारोहमा नेपाल भाषा चलचित्रका विविध विधामा योगदान गर्न्नुहुने अग्रजहरु पनि सम्मानित हुने भएका छन् ।  संसार सप्तरंगी अवार्ड नाम दिइएको अवार्डबाट सम्मानित हुनेहरूमा पुराना अभिनेता तथा निर्देशक पवन

कला/मनोरंजन, नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो !

 Maharjan Ratna

अर्घाखाँची– सन्धीखर्क नगरपालिका ६, नरपानीमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । प्रदेश ५ कार्यलय तथा प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य ११ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । दुर्घटनामा नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको । अन्य मृतक र घाइतेको भने समाचार तयार पार्दासम्म सनाखत हुन सकेको

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लुम्बिनीमा सारस महोत्सव आयोजना गरियो

 Maharjan Ratna

लुम्बिनी/ लुम्बिनी विकास कोषको आयोजनामा लुम्बिनीमा बुधवार सारस महोत्सव आयोजना गरियो । शान्ति स्तुपामा बिहानदेखि नै चित्रकला र निबन्ध प्रतियोगिता लगायत बिबिध कार्यक्रम सहित सारस महोत्सव सुरु गरिएको थियो । दिउँसो दुई बजे औपचारिक कार्यक्रमको उद्घाटन अन्तर्राष्ट्रय क्रेन फाउण्डेसनका सह संस्थापक जर्ज आर्चिवाल्डले गर्नुभएको थियो ।कार्यक्रममा लुम्बिनी बिकाश कोषका उपाध्यक्ष मेत्तेय शाक्यपुत्त लुम्बिनी ,  सांस्कृतिक  नगर पालिकाका मेयर मनमोहन चौधरी लगायतका वक्ताहरुले बोल्नुभएको थियो । लुम्बिनी जैविक विविधता भएको क्षेत्र जहाँं साइबेरियादेखि आउने सारस लगायत पंछिहरुको वासस्थान रहेको छ । महोत्सवमा चित्रकला र निबन्ध प्रतियोगिता, लुम्बिनी वरिपरि सारसको तथ्याङ्क प्रस्तुति,

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

महिला पत्रकारहरु साधना पत्रकारिता सम्मानबाट सम्मानित

झापाको ‘किच्चकबध’ स्थल २२ सय वर्ष पुरानो प्रमाणित

१२५० अल्पकालीन श्रामणेर प्रवज्या कार्यक्रम सम्पन्न

नेवा खलः कास्की ‘सुदर्शन–कपिला सिरपा’ सम्मानित

अल्पकालीन श्रामणेरहरुको धर्मयात्रा भैरहवा पुग्यो